२०७२ सालमा भूकम्पले ढालेको धरहरा ६ वर्षपछि ठडिएको छ ।
पुरानो ९ तलाबाट २२ तले बनेको धरहराको फिनिसिङको काम अहिले धमाधम भइरहेको छ ।
नवनिर्मित धरहरा वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।
धरहराको पुनर्निर्माण अत्याधुनिक र भूकम्प प्रतिरोधी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजु मानन्धरले जानकारी दिए ।
उद्घाटनसम्म धरहरा स्तम्भको काम लगभग सकिने छ भने पार्किङको काम त्यसपछि पनि जारी रहने छ ।
अन्डरग्राउन्ड र पार्किङको काम ५० प्रतिशत मात्र सम्पन्न भएको र आगामी पुस १० गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।