२५ जेठ २०८३, सोमबार

विश्वकै ठूलो एआई र रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थी चम्किए

जेठ २५, २०८३
काठमाडौं
विश्वकै ठूलो एआई र रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थी चम्किए

आर्टिफिसियल इन्टेलिजेन्स, कोडिङ र रोबोटिक्सको क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो वार्षिक प्रतियोगिता ‘कोडेभर ७.०’मा नेपाली विद्यार्थीहरूले अभूतपूर्व सफलता हासिल गरेका छन्। इन्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा गत मे १६ र १७, २०२६ मा सम्पन्न अन्तर्राष्ट्रिय फाइनलमा नेपालका ९ वटा टोलीले उत्कृष्ट प्रदर्शन गरेका हुन्। 

७० भन्दा बढी देशका प्रतिस्पर्धी युवा नवप्रवर्तकहरूलाई पछि पार्दै नेपाली विद्यार्थीहरूले ६ वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भए भने थप तीनवटा टोलीले विश्वकै शीर्ष ३० भित्र स्थान सुरक्षित गरे। ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि फ्युचर स्किल्सद्वारा आयोजित यो प्रतियोगिता संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग आबद्ध रही वास्तविक जीवनका समस्याहरू समाधान गर्ने प्रविधि निर्माणमा केन्द्रित रहेको थियो।

नेपाली टोलीहरूले असुरक्षित खानेपानी, वायु प्रदूषण, स्मार्ट कृषि र प्रभावकारी औषधि व्यवस्थापन जस्ता समाजका ज्वलन्त समस्याहरूलाई सम्बोधन गर्ने प्रविधियुक्त परियोजनाहरू प्रदर्शन गरेका थिए। यी प्रतिभावान बाल वैज्ञानिक तथा इनोभेटरहरूको कदर र ऐतिहासिक उपलब्धिलाई उत्सवका रूपमा मनाउन स्किलअप ग्लोबल र नीमा एजुकेसन फाउन्डेसनले जुन ७, २०२६ मा एक भव्य 'सफलता उत्सव तथा सम्मान समारोह' को समेत आयोजना गरेका छन्।

ऐतिहासिक प्रतियोगितामा एसिया प्यासिफिक स्कुलका विद्यार्थीहरू सव्यता उप्रेती, लानी गुरुङ र प्राञ्जल अधिकारी सम्मिलित टोलीले 'कार्बन क्यास्केड' परियोजनाका लागि प्रतिष्ठित 'गर्ल्स इन स्टेम अवार्ड' प्राप्त गरे। त्यसैगरी स्किलअप ग्लोबलका विद्यार्थीहरू प्रणव जङ्ग अधिकारी र आवर्त रेग्मीको टोलीले 'एयर ग्रो स्मार्ट सिस्टम' परियोजनाका लागि 'फ्युचर फ्रन्टियर इनोभेटर अवार्ड' हात पारे। 

एसिया प्यासिफिक स्कुलकै शिवांश रावल, अनिश प्याकुरेल र युनिक महर्जनको टोलीले औषधि व्यवस्थापन सहज बनाउने 'ओम्नी, योर मेडिसिन कम्प्यानियन' परियोजनामार्फत 'टेक फर एक्सेलसेन्स अवार्ड' चुम्न सफल भयो। स्वास्थ्य क्षेत्रकै अर्को महत्त्वपूर्ण विधामा रिलायन्स पब्लिक स्कुलका आरभ ढकाल, रिवाज मकाजू र जिशान तामाङको टोलीले पानीको शुद्धता र व्यवस्थापनसँग सम्बन्धित 'वाटर पल्स इन्टेलिजेन्स' परियोजनाका लागि 'नेक्स्ट जेन हेल्थ इनोभेसन अवार्ड' प्राप्त गरे। 

null

यसका साथै डेजी बोर्डिङ इङ्लिस सेकेन्डरी स्कुलका गुञ्जन शर्मा कर्ण, सृष्टि शङ्कर र परिभाषा पाठकको टोलीले 'एरोसेन्स' परियोजनाका लागि सिनियर समूहतर्फको सान्त्वना पुरस्कार प्राप्त गरे भने स्किलअप ग्लोबलकै प्रसन्न केसी, रोहन शाह र प्रभवनाथ उप्रेतीको जुनियर टोलीले 'स्पार्की बडी' परियोजनामार्फत जुनियर समूहतर्फको सान्त्वना पुरस्कार देशका लागि सुरक्षित गरे।

null

अवार्डका अतिरिक्त नेपालका अन्य तीनवटा उत्कृष्ट परियोजनाहरू विश्वभरका प्रतिस्पर्धीमाझ शीर्ष ३० भित्र छानिन सफल भए। जसमा बूढानीलकण्ठ स्कुलका विद्यार्थीहरू शाश्वत न्यौपाने, निकोलस चन्द र आरभ सुवेदीको टोलीले तयार पारेको परियोजना 'प्लान्ट प्लस' पहिलो रह्यो। त्यस्तै स्किलअप ग्लोबलका विद्यार्थीहरू आर्नभमान प्रधान र युनिक घिमिरेको टोलीले बनाएको 'स्मार्ट बेबी क्राडल' परियोजना र निर्मल माध्यमिक विद्यालयका विद्यार्थी दीपेश पन्थले निर्माण गरेको 'ड्युलकेयर लाइफगार्ड स्मार्ट हेल्थ' परियोजनाले पनि विश्वभरका उत्कृष्ट ३० भित्र स्थान बनाउन बाजी मारे।

null

नेपालमा यो ऐतिहासिक सफलता प्राप्तिका लागि नीमा एजुकेसन फाउन्डेसनको 'स्किलअप ग्लोबल'ले कोडेभर प्रतियोगिताका लागि नेपालको आधिकारिक साझेदारका रूपमा विशेष भूमिका निर्वाह गरेको थियो।

null

यस संस्थाले काठमाडौँका ५० भन्दा बढी विद्यालयका ३०० भन्दा बढी विद्यार्थीहरूलाई सहभागी गराई राष्ट्रिय स्तरको छनोट प्रतियोगिता आयोजना गरेको थियो। राष्ट्रिय प्रतियोगिताबाट छानिएका टोलीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न योग्य बनाउन स्किलअप ग्लोबलले आवश्यक प्राविधिक प्रशिक्षण, मेन्टरसिप र व्यवस्थापकीय एवं लजिस्टिक सहयोग प्रदान गरेको थियो, जसको सुखद परिणाम स्वरूप नेपालले यो अभूतपूर्व उपलब्धि हासिल गर्न सम्भव भएको हो।

null

null

salt training

कमेन्ट गर्नुहोस्