
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।
उनले ट्राफिक नियम पालना नगरी सवारी चलाएपछि आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।
हर्कले केही दिन पहिले सुनसरीमा एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडियो चलाउँदै गरेका थिए । जुन भिडियो उनले आफैं सार्वजनिक गरेका थिए ।
उनी त्यो दिन दुर्घटनामा समेत परेका थिए । दुर्घटनामा हातमा सामान्य चोट लागेको सांसद राईले नै सामाजिक सञ्जालमा राखेको भिडियो देखिएको थियो ।
साम्पाङको उक्त भिडियो सार्वजनिक भएसँगै धेरैले सामाजिक सञ्जालमार्फत् कारबाहीको माग गरेका थिए ।
‘सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानूनी कारबाही गरिसकेको जानकारी गराइन्छ’, प्रहरीले भनेको छ ।