०२ असार २०८३, मंगलबार

यसरी बनाउनुस् केराको स्वादिलो चिप्स

बैशाख ९, २०७८
यसरी बनाउनुस् केराको स्वादिलो चिप्स

केरा स्वास्थ्यका लागि राम्रो हुन्छ । तपाईंले पाकेको केरा त खानुभएको छ अनि काँचो केराको स्वादिष्ट चिप्स बन्छ भन्ने पनि तपाईंलाई थाहा छ । 

यहाँ हामी तपाईंलाई चिप्स बनाउने विधि बताउँदैछौं ।

सामग्री
काँचो केरा ५ वटा
बदामको तेल (तार्नका लागि)
मरिचको धूलो आवश्यकता अनुसार
सीधे नून 
पानी

विधि
एउटा बाउलमा पानी र सीधे नून राख्नुस् । 

केराको बोक्रा निकालेर केरालाई १५ मिनेटसम्म पानीमा भिजाउनुस् । 

अब केरालाई चिप्सको आकारमा काटेर कपडामा १० मिनेटसम्म फैलाउनुस् । 

अनि प्यानमा तेल तताएर हलुका सुनौलो रंग आउन्जेलसम्म तार्नुस् । 

त्यसलाई प्लेटमा राखेर नून र मरिच राखेर पस्किनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्