२८ जेठ २०८३, बिहीबार

क्यान्सर उपचारमा प्रयोग हुने दुई महत्त्वपूर्ण औषधिको आपूर्ति सीमित, कहाँ-कहाँ पाइन्छ ? [सूचीसहित]

जेठ २६, २०८३
काठमाडौं
क्यान्सर उपचारमा प्रयोग हुने दुई महत्त्वपूर्ण औषधिको आपूर्ति सीमित, कहाँ-कहाँ पाइन्छ ? [सूचीसहित]
फाइल तस्वीर ।

औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन लगायतका औषधिको बजारमा सीमित उपलब्धता रहेको जनाएको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको अवरोध तथा अन्य विभिन्न कारणले क्यान्सर उपचारमा प्रयोग हुने ती औषधिको नियमित आपूर्तिमा समस्या देखिएको जनाएको हो ।

विभागका अनुसार सम्बन्धित निकाय, आयातकर्ता तथा सरोकारवालासँग समन्वय गरी औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने प्रयास भइरहेको छ । 

क्यान्सर रोगका बिरामीको उपचारमा सहजीकरण गर्ने उद्देश्यले हाल ती औषधि मौज्दात रहेका स्वास्थ्य संस्था तथा आपूर्तिकर्ताको विवरण समेत सार्वजनिक गरिएको छ ।

विभागले औषधि आवश्यक पर्ने बिरामी तथा स्वास्थ्य संस्थालाई सम्बन्धित स्वास्थ्य संस्था वा सम्पर्क व्यक्तिसँग समन्वय गरी औषधि प्राप्त गर्न अनुरोध गरेको छ ।

सूचनाअनुसार नेपालगञ्जस्थित मा जानकी अस्पताल, विराटनगरस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र विराट मेडिकल कलेज शिक्षण अस्पताल, पोखरास्थित बबिना फर्म, मल्ल फार्मास्युटिकल्स, धरानस्थित पुनम फार्मेसी, भरतपुरस्थित राज ड्रग प्रालि तथा काठमाडौंका ताज नेपाल प्रालि, डीकेएम फार्मास्युटिकल्स, सिग्नल फर्म र अनमोल हेल्थ केयर मा ती औषधि उपलब्ध रहेको विभागले जनाएको छ ।

विभागले सम्बन्धित स्वास्थ्य संस्थालाई औषधिको मौज्दात र वितरणको स्पष्ट अभिलेख राख्न समेत निर्देशन दिएको छ । औषधिको उपलब्धतासम्बन्धी थप जानकारी वा समस्या भए विभागमा सम्पर्क गर्न सकिने भनिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्