
पूर्व फुटबलर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्ष नियुक्त भएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषदको निर्णय अनुसार बुधबार श्रेष्ठलाई राखेपको उपाध्यक्ष नियुक्त गरेका हुन् ।
मन्त्रालयका अनुसार बोर्ड सदस्यहरूमा सिक्का सुवाल (टेबल टेनिस), शक्ति गौचन (क्रिकेट), मोनालिसा खम्बू (चेस) र पवन शाही (फुटबल) नियुक्त भएका छन् ।