×

NMB BANK
NIC ASIA

कपाल सेतै फुलिसकेको छ । मुख चाउरिसकेको छ । तैपनि उनी निरन्तर सिर्जनामा छन् । केही न केही लेखिरहन्छन् ।

Muktinath Bank

सानैदेखिको यो सोख उमेरले ७५ वर्ष पार गरिसक्दा पनि उस्तै छ । गत श्रीपञ्चमीको दिन जीवनको ७५ औं वर्ष मनाएका उनले जीवनमा धेरै आरोह–अवरोह पार गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुलिन परिवारमा हुर्के–बढेका उनलाई पैसाको खासै खाँचो परेन । सुखसुविधामै चले । तैपनि एकबारको जुनीमा समाजलाई केही योगदान गर्नुपर्ने भन्ने हुटहुटीले निरन्तर सिर्जनामा लीन बनायो । त्यसैले क्षेत्रबहादुर कुँवरको परिचय एउटा मात्र छैन । उनी साहित्यकार हुन् । उनी शिक्षासेवी हुन्, संस्कृतिकर्मी, समाजसेवी, सञ्चारउद्यमी पनि । 


Advertisment
Nabil box
Kumari

उनी १० वर्ष पनि पुगेका थिएनन् । राजा त्रिभुवन पहिलो पटक हवाइजहाज चढी पोखरा सवारीको कार्यक्रम थियो । राजा आउने भनेपछि त्यो विषय खडेरीको आगो फैलिएझैं फैलियो । राजा भनेका अर्कै विशेष रूप र प्रकृतिका हुन् भन्ने मानसिकता आममानिसमा व्याप्त थियो । राजा र जहाजलाई समेत नजिकबाट हेर्ने हुटहुटी बोकेर गाउँटोलको हुलसँग निकट हुँदै तर उछिन्दै उछिन्दै पोखरा एयरपोर्ट पुगे उनी । हवाई ग्राउन्डलाई तारबार गरिएको थिएन । सुरक्षाका लागि केही पुलिस र सेना तैनाथ थिए ।

Vianet communication
Laxmi Bank

महिलाको उपस्थिति अति न्यून थियो तर चारैतिरबाट आएका जुलुसले ठाउँ भरिभराउ र खचाखच थियो । झण्डा फहर्‍याइएका थिए । जयजयकारका नारा घन्किएका थिए । करीब आधा घण्टाको व्यग्र प्रतीक्षापछि जहाज मैदानमा ओर्लियो । विचित्र स्वरूपका राजा अब देखापर्ने कुरा उनको मगजमा सजिएको थियो । राजालाई जतिसक्दो नजिकैबाट नियाल्न चाहनेहरूको भीडले उनलाई कौतुहल बनायो । भीडभित्र उनको आँखाले राजा देख्न त परै जाओस्, सास फेर्न समेत गाह्रो भयो । उनी मान्छ्यै मान्छेको धक्काले रगडिए, निस्सासिए । झण्डै इहलीला सकिएको !

मानिसभित्रै खाँदिएका उनको उद्धारको याचना सुरक्षाकर्मीले सुने र उद्धार भयो । यसलाई जीवनमा कहिल्यै नबिर्सने क्षण हो भन्छन् उनी । त्यसबेला यदि जीवन सकिएको भए आज ७५ वर्ष मनाउने थिएनन्, सायद । 

पोखरा महानगरपालिका–१४ मझेरीपाटनस्थित स्वर्गद्वारी निवासमा बसोबास गर्ने उनले लोकान्तरसँगको कुराकानीमा जीवन बाँचेको अर्को किस्सा सुनाए –

म ८/९ वर्षको हुँदो हुँ । एक दिन शरीर तात्दैतात्दै आएको अनुभव हुँदै थियो । घरकालाई पनि भनिनँ र मलाई पनि यसै भएको हो भन्ने थाहा भएन । आमा भान्सामा खाना पस्किन लाग्नुभएको थियो । शरीर निकै तातेको थियो । एक्कासी टाउको समेत दुखेर आयो । दुवै हातले टाउकाको दुई पाटाको कपाल समाउँदै मुर्छा परेछु । केही पत्तो भएन । त्यहाँ भएकाहरूले चिच्याउँदै कराउँदै बाहिर पटाहामा ल्याएछन् । उसबेला डाक्टर हस्पिटल भन्ने केही थिएनन् । पोखराको विजयपुर पारि हटियामा नेवारको ज्वाइँ भनेर चिनिने बुद्धिलाल राजवंशी वैद्य कहाँबाट सैनीपात (टाइफाइट) को आयुर्वेदिक औषधि ल्याएर माहिला दाजु खेमबहादुरले खुवाएछन् । बेलुकी ४ बजेतिर मात्र म ब्युँझिएछु । होसचेत बल्ल खुलेछ । कसैले पनि यो बाँच्छ भनेर नठानेका । सबैले आशा मारेका । मात्र २ रुपैयाँको औषधिले पुनर्जन्म पाएँ । त्यही २ रुपैयाँको औषधिले बाँचेको बालक विभिन्न आयामको त्रिवेणी हो ।

साहित्यकार क्षेत्रबहादुर

उनले हालसम्म ८ कृृति लोकलाई अर्पण गरिसकेका छन् । उनको जीवन कथा (आत्मकथा), क्षेत्रबहादुर कुँवर (आत्मवृतान्त), जिन्दगी हाँसो भनेको त आँसु पो रहेछ (कविता संग्रह), संयोग भनांै या भाग्य (मनोवैज्ञानिक उपन्यास), नारी स्वतन्त्रता र त्यसमाथिको बलात्कार (निबन्ध संग्रह), मनको देश (कविता संग्रह), भूमिगत अभिव्यक्ति (कथा संग्रह) र अलिकलि बाँच्न सिक्दा (कविता संग्रह) प्रकाशित छन् । 

पृथ्वीनारायण क्याम्पस पढ्दाताका विद्यार्थी राजनीतिमा उनी संलग्न थिए । २०२५ सालमा कलेजको विद्यार्थी संगठनबाट प्रेषित र अध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री (नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर) द्वारा हस्ताक्षरित पत्र प्राप्त गरे । पत्रमा स्ववियू मुखपत्रका रूपमा प्रकाशित ‘माछापुच्छ्रे’को सम्पादन मण्डलमा रही काम गर्न अह्राइएको थियो । उनले सो कार्य कुशलतापूर्वक सम्पन्न गरे । त्यसबाट मैले धेरै सिक्ने र अनुभव सँगाल्ने अवसर प्राप्त गरे । 

२०३९/०४० सालतिरबाट उनको साहित्य लेखनमा अर्को मोड आयो । पार्टीको मुखपत्रका रूपमा प्रकाशित ‘भञ्ज्याङ’ साप्ताहिक पत्रिकाको सहसम्पादक बने उनी । पत्रिकामा प्रायः राजनीतिक लेखहरू प्रकाशित गरिरहनुपर्थ्यो । अभिव्यक्तिमा कलात्मकता थपेर रसमय तुल्याउनका खातिर गरिएको साधनाले उनलाई साहित्य लेखनतर्फ अभिप्रेरित गर्‍यो । 

उनका साला प्रेमराजा महत रेडियो नेपालमा उदीयमान ताराको रूपमा देखिँदै थिए । उनीमार्फत सम्बन्ध तत्समयमा चर्चित गायकगायिकासँग जोडिन पुग्यो । कलम नचलाई बस्न सकेनन् । त्यतिबेला गाइएका गीत विभिन्न छन्दमा रहेका छन् । कतिपय गीतिलयका कवितासहित अन्य गद्य कविता समेटी पुस्तकाकार रूप दिएर पहिलो कृति प्रकाशित गरे । त्यो थियो – जिन्दगी हाँसो भनेको त आँसु पो रहेछ । 

पत्रकारितामा क्रियाशील

२०२८ सालपछि नेपाल कम्युनिस्ट पार्टीमा वैचारिक अन्तरविरोध उठ्न थाले । ठूला–ठूला विभाजन देखिन थाले । पार्टी हेडक्वार्टरलाई बलियो आड दिँदै आएका प्रभावशाली नेता छिन्नभिन्न हुँदै गए । पार्टीभित्र राजनीतिक, आर्थिक संकट चुलिँदै गयो । २०३५ सालमा पुष्पलालको देहावसान भएपछि पार्टीमा उत्पन्न संकट उत्तराधिकारीले टार्न सकेनन् । आर्थिक समस्या हल गर्न जे पनि गर्नुपर्छ भन्ने प्रस्तावलाई पुष्पलालले पटक्कै स्वीकारेनन् । आर्थिक समस्याले पुष्पलाललाई ठूलो तनाव दियो । सम्भवतः त्यो समस्या नै उनको निधनको मूल कारक बन्यो । उग्र सोच भएका केही नेतृत्वले केही अप्रिय घटना पनि घटाए । 

गण्डकी अञ्चल कमिटीभित्र के गर्ने, के नगर्ने भन्ने सन्दर्भको बहस पैरवीमा हतियार नै चले । आफ्नो विचार अस्वीकार गरेको भनी हुन आँटेको खुकुरी प्रहारबाट पुष्पलालको लाइनका एक व्यक्तिले झ्यालबाट हामफालेर ज्यान जोगाए । यस्ता गतिविधि हुँदै जाँदा पार्टी तल्लो तहसम्मै कमजोर र निस्क्रिय बन्दै गयो । यस्तो विषम परिस्थितिमा प्रजातान्त्रिक धार बोकेर आएको विष्णुबहादुर मानन्धर नेतृत्वको कम्युनिस्ट पार्टीमा लमजुङ, तनहुँ, कास्की र स्याङ्जाका धेरै साथी विविधत् रूपले प्रवेश गरे । 

२०३८ सालसम्म लगातार पुष्पलालले नेतृत्व गरेको पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्दै आएका थिए । मानन्धर पक्षधर भएपछि जिल्ला कमिटीअन्तर्गत जिल्ला सेक्रेटरियल सदस्य भएर काम गर्न शुरू गरे । त्यसबेला पार्टी प्रवेश गरेका साथीहरू मिलेर साप्ताहिक रूपमा ‘भञ्ज्याङ’ पत्रिका प्रकाशन भयो । पत्रिकाको सम्पादकमा वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी र उनी सहसम्पादक थिए । भञ्ज्याङ अझैं पनि तनहुँबाट प्रकाशित हुँदै आएको छ । 

२०४० सालसम्म ‘दृष्टि’, ‘राष्ट्रपुकार’, ‘मातृभूमि’ जस्ता केही राष्ट्रिय पत्रिकाहरू मात्र पोखरा आउँथे । स्थानीय पत्रिकाहरू १० वटा जति प्रकाशित हुन्थे, जो नियमित थिएनन् । त्यसो हुँदा आफ्नो हकहितका लागि संगठित हुने कुरै भएन । पत्रकारको हकहितका लागि पोखरामा क्रियाशील पत्रकार र छापाखाना सञ्चालकलाई समूहबद्ध गर्दै लगे । विश्वबन्धु भण्डारीलाई संयोजक बनाएर २०४० असार ११ सालमा विधिवत् रूपमा नेपाल पत्रकार महासंघ कास्कीको पहिलो निर्वाचन गरेका थिए । निर्वाचनबाट सभापतिमा उमाकान्त शर्मा, उपसभापतिमा उनी क्षेत्रबहादुर, सचिवमा बद्रीविनोद प्रतीक, सहसचिवमा गजेन्द्र भण्डारी, कोषाध्यक्षमा केशव भण्डारी लगायत निर्वाचित भए ।

शिक्षासेवी क्षेत्रबहादुर

रेडक्रस सोसाइटीद्वारा तिब्बतीयन शरणार्थीको लागि सञ्चालित टासिलिङ तिब्बतीयन स्कूलमा १ जना नेपाली शिक्षकको विज्ञापन खुलेको थाहा भयो । उनीजस्तै धेरैले दरखास्त पेश गरेका थिए । तोकेको मितिमा लिखित परीक्षा र अन्तर्वार्ता दिए, उनी छानिए । 

२०२५ सालको नियुक्तिबाट प्रतिमहिना १५० रुपैयाँ तलब पाउने गरी शिक्षक पदमा बहाली भए । दिन बित्दै गए । छोरेपाटन स्कूलमा शिक्षण गर्दै थिए । २०३० सालमा प्रअ समेत रही कामकाज गर्नू भन्ने व्यहोराको जिल्ला शिक्षा कार्यालयद्वारा प्रेषित पत्र प्राप्त भयो । विदेशी नागरिक प्रअ हुन नपाउने भएपछि उनी नै प्रअको भूमिकामा रहे । 

पछि उनी पोखरा–५ मालेपाटनस्थित धर्मस्थली निमाविमा सरुवा भए । त्यसबेलामा नै विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययन गर्दथे । भौतिक अवस्था त्यति साह्रो मजबुत थिएन । फर्निचर निर्वाहमुखी खालका थिए । ४ वर्षपछि उनलाई सेवाकालीन १ वर्ष तालिममा पठाइयो । तालिमबाट फर्केपछि २०३५ सालमा शिक्षा शाखाले पोखरा–१४  छिनेडाँडास्थित शुक्रराज बलभद्र स्कूलमा सरुवा गर्‍यो । उनको घरदैलोमै स्कूल थियो । आउजाउमा सहज भयो । किनकि उनको इमान्दारी, क्षमता र लगनशीललाई शिक्षा शाखाले राम्ररी चिनेको थियो । १४ वर्षभन्दा बढी शुक्रराज बलभद्र स्कूलमा प्रअ भए । त्यही स्कूलमा ३ वर्ष व्यवस्थापन समिति अध्यक्ष भएर काम गरे । 

२०५२ सालमा नेपालमा सशस्त्र जनयुद्ध शुरू भयो । उनलाई जिल्ला शिक्षा कार्यालयले २०३५ सालदेखि २०४७ सालसम्म प्रअ रहेको विद्यालयमा अध्यक्ष पदमा मनोनयन गरेर पठायो । विद्यालय जटिल समस्यासँग जुधिरहेको थियो । विद्यालयको शैक्षिक स्तर खस्कँदै गएको थियो । नयाँ शिक्षा लागू हुँदादेखि नै निमावि तहका रूपमा सञ्चालित बलभद्र विद्यालय बाक्लो जनआवादी भई आवश्यकता महसूस हुँदा पनि लामो समयसम्म थप उचाइ प्राप्त गर्न सकेन । उनको आगमनपछि मावि तह सञ्चालन भयो । कसैको लोभ लालचमा फसेनन् । कसैको धाक धम्कीले डराएनन् । इमानदारीसाथ काम गरे । शिक्षाको गुणस्तरमा उल्लेख्य सुधार गरे । विद्यालयमा भौतिक सुविधा पनि जोडजाड गरे । अनेक अप्ठ्यारो परिस्थितिसँग जुध्दै बनाएको जग भत्काउने कार्य पछिल्ला पिँढीबाट नहोस् भन्ने उनको सदीक्षा छ ।

२०४५ सालमै उनी आफैंले लालीगुराँस इङ्गलिस स्कूल चलाए । त्यसका निम्ति १० रोपनी जग्गा मात्र १ लाख रुपैयाँमा बेचे । ब्लक र टिन मिलाएर ३/३ कोठे २ घर बनाएर स्कूल सञ्चालनमा ल्याइछाडें । पछि विविध कारणवश स्कूल बन्द भयो । 

उनको घर कम्पाउन्डबाटै राम्रैसँग नियाल्न सकिने रामेश्वरी विद्यालयको स्थिति पनि दारुण नै थियो । स्थानीय, गन्यमान्य, भद्रभलादमी, इष्टमित्र, शुभचिन्तक, दोस्तीदामली, उमेर पुगेका पूर्व विद्यार्थीहरू, सामाजिक, राजनीतिक कार्यकर्ता आदिले आफ्नै आँगनछेउको रामेश्वरी विद्यालयमा पनि केही गर्नुपर्‍यो, कति सधैं बाहिर मात्रै गर्नुहुन्छ भन्ने विचार बरोबर राख्न थाले । मनमा हुटहुटी जाग्यो । अर्को एउटा अठोटको कोपिला बिस्तारै फक्रिन थाल्यो । उनले त्यहाँ पनि विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर सेवा गर्ने मौका पाए ।

विद्यालयको आर्थिक स्थिति सुधार्न विद्यालयमा महायज्ञ आयोजना गरे । उनी आफैंले १ लाख रुपैयाँ बुझाएर चन्दा सहयोग आरम्भ आफैबाट गरें । महायज्ञबाट करीब ३७ लाख रुपैयाँ संकलन भयो । दानसहयोगकै परिणामले विद्यालयमा शैक्षिक र भौतिक व्यवस्थापनमा अपेक्षित सुधार गर्न सकिएको हो । १ लाख रुपैयाँ ऋण भारमा रहेको विद्यालयले जुन फड्को मार्‍यो, त्यसलाई हेर्दा उनी गौरवान्वित रहेको बताउँछन् ।

फिल्म निर्माता पनि 

२०५० साल आसपासका वर्षमा सानो पर्दाका चलचित्र बनाउने लहरले पोखरा शहरमा ठूलै बाढी ल्यायो । त्यो बेला ठूलो पर्दाका चलचित्र पनि छ्यासछ्यास्ती निर्माण भइरहेकै थिए । चलचित्र निर्देशकहरू चलचित्रमा लगानी गर्न चाहनेको खोजीमा लागि पर्थे । नायकनायिकाहरू ठूलै धनराशी दिएर चलचित्रमा प्रवेश गर्न खोज्थे । सानो पर्दामा खेलेपछि ठूलो पर्दाको नायक नायिका बन्न बाटो खुल्छ भन्ने गाइँगुइँ यत्रतत्र प्रचारित थियो । 

२०५२ सालमा खेत बेचेरै विश्वशान्ति फिल्म प्रोडक्सनको व्यानरमा ‘अन्तिम सजाय’ फिल्ममा लगानी गरे उनले । निर्देशक दीपकमान उदास थिए । नायक देशभक्तसिंह कुँवर र नायिका प्रवीना केसी थिए । 

सञ्चार उद्यमी क्षेत्रबहादुर 

२०७० सालको कुरा हो । उनले ३४ लाख रुपैयाँ खर्चेर मेघा एफएम ९५.४ मेगाहर्ज सञ्चालनमा ल्याए । काठमाडौंको एक टीमसँग किनेको रेडियो पोखरा ल्याई व्यवस्थापन र सञ्चालन गर्दा १ वर्षको अवधिमा कूल खर्च एवं लगानी ४० लाख पुग्यो । अचेल कोरोनाले सञ्चार क्षेत्र तहसनहस छ । कर्मचारीको पारिश्रमिक र व्यवस्थापन खर्चसहित मासिक १ लाख रुपैयाँ पर्न जान्छ । आम्दानी खासै हुन नसके पनि जसोतसो उनले जोहो गरिरहेका छन् । आफू अध्यक्ष छन् भने प्रबन्ध निर्देशकमा छोरा अलौकिक कवि देशभक्तसिंह कुँवर प्रबन्ध निर्देशक भई सम्हालिरहेका छन् । उनी भन्छन्, ‘जनतामाझ सूचना पुगेको छ । नयाँ–नयाँ प्रतिभा प्रस्फुटनको अवसर मिलेको छ । सानै भए पनि भुल्ने र रोजगारको अवसर सिर्जना भएको छ । आफूले गुमाएर पनि समाज, राष्ट्र, समुदाय एवं सरोकारवाला व्यक्ति एवं संस्थालाई केही दिन सकेकोमा गौरवबोध महसूस हुन्छ ।’

उनी भन्छन्, ‘संसारको लीला विचित्रको छ । दुनियाँमा सब चिज छ । त्यसले नै संसारलाई चलाइरहेको छ । यो जीवन रहुञ्जेलका लागि छ । जीवन गुमेपछि न कोही न केही । सबै छोडेर जाने हो । अभिनय सकिएपछि मञ्च छोड्दै पर्छ । यो निर्विवाद तथ्य हो । अन्तिम सत्य हो ।’

आफ्नो घरभन्दा बाहिर मृत्यु भएमा भरसक आफ्नै घरमै ल्याउने कार्य गरियोस् र आफ्ना सन्तति अनि वंश र कुलका सबै व्यक्तिको यथासम्भव अनिवार्य उपस्थिति रहोस् भन्ने उनको चाहना छ । विभिन्न रोगले ३ वटा अप्रेसन झेलिसकेका उनी गत हप्ता पुनर्जीवन लिएर पोखरा फर्केका छन् ।

केही दिनअघि मुखबाट रगत बगेपछि तत्काल हेलिकोप्टर चार्टर गरेर ग्राण्डी अस्पतालमा सफल उपचार गरिएको थियो । सामाजिक सेवामा उत्तिकै क्रियाशील उनले आपूmले अध्यापन गरेका तथा संलग्न रहेका विभिन्न संघसंस्थामा क्रमशः अक्षयकोष घोषणा गर्ने बताइसकेका छन् । परिवारमा उनका पत्नी, २ छोरा, २ छोरी र नातिनातिना छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x