जेठ १३, २०७९
सर्वोच्च अदालतका आदेश/फैसला सितिमिति विवादमा आउँदैनन्, सर्वसाधारणले टिप्पणी गर्दैनन् । तर पछिल्लो समय अदालतका आदेशमा व्यापक जनगुनासो बढ्न थालेको छ । अदालतका आदेश विवादमा तानिन थालेको एउटा उदाहरण हो, निजगढ वि...
धरहराको उद्घाटनसँगै २०७२ सालमा गएको विनाशकारी भूकम्पले गरेका क्षतिको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
राजधानी काठमाडौं उपत्यकाको ‘शान’को प्रतीकका रूपमा रहेको नवनिर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरे ।
प्रधानमन्त्री ओलीको शब्दमा पुरानो सभ्यता झल्किने र आधुनिकता टल्किने धरहरा निर्माणले एक प्रकारको उत्साह पैदा गरेको छ ।
आमसर्वसाधारणले धरहराको दृष्यावलोकन गर्न अरू केही समय कुर्नुपर्नेछ । तर काठमाडौंको बीचमा ठडिएको धरहराले राजधानीको सुन्दरता त अवश्य नै बढाएको छ ।
धरहरा, रानीपोखरी, सिंहदरबार र मठ मन्दिर काठमाडौं उपत्यकामा भूकम्पले क्षति गरेका मुख्य संरचना हुन् ।
पुनर्निर्माण भएको रानीपोखरी यसअघि नै उद्घाटन भइसकेको छ भने प्रमुख प्रशासनिक निकाय सिंहदरबार सबलीकरणमार्फत सञ्चालनमा आइसकेको छ ।
भूकम्पपछि भत्किएका निजी आवास निर्माणको काम ९३ प्रतिशत पूरा भएको छ ।
प्राधिकरणको कार्यकारी अधिकृतमा सुशील ज्ञवालीको पुनर्नियुक्तिपछि पुनर्निर्माणको कामले गति लियो । सरकारका नियमित र महत्त्वपूर्ण आयोजना बन्न दशकौं लाग्ने गरेको हामीले देख्दै आएका छौं ।
सशस्त्र द्वन्द्वको समयमा क्षति भएका कतिपय संरचना डेढ दशक बित्न लाग्दा समेत बनिसकेका छैनन् । त्यो बेथितिलाई चिर्दै पुनर्निर्माणको काम समयमै सम्पन्न हुनु खुशीको कुरा हो । भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगति नेपालका विकास साझेदार र दातृ निकायका लागि पनि एउटा सुखद् सन्देश हो ।
पुनर्निर्माण प्राधिकरणमा शुरूमा ज्ञवालीलाई नियुक्त गरिएपनि सरकार फेरबदल भएपछि कार्यकारी अधिकृत फेरिए । प्राधिकरणमा राजनीति नभएको भए पुनर्निर्माणको काम दुई वर्षअगाडि नै सम्पन्न हुने थियो ।
भत्किएका संरचना यसअघि नै सम्पन्न भइसकेका हुन्थे । जेहोस्, ढिलै भएपनि पुनर्निर्माणको काम एकप्रकारले सम्पन्न भएको छ ।
एक जना कुशल व्यक्तिलाई सही ठाउँमा नियुक्त गर्दा त्यसले कति प्रभाव पार्छ भन्ने ज्वलन्त उदाहरण कुलमान घिसिङ पनि हुन् ।
भएको बिजुली र स्रोत साधनलाई सदुपयोग गरेर कुलमानले नेपालको लोडसेडिङ अन्त्य गराएर आफूलाई अब्बल साबित गरेका थिए ।
अहिले ज्ञवालीले पुनर्निर्माणको काम समयमै फत्ते गरेर देशलाई गुन लगाएका छन् । पुनर्निर्माणमा खटिने बाहिर देखिएका र बाहिर नदेखिएका सबै नायक धन्यवादको पात्र छन् । भत्किएका संरचनाको पुनर्निर्माणका लागि चासो र अग्रसरता दिने एवं सही व्यक्तिलाई प्राधिकरणको नेतृत्वमा लैजाने प्रधानमन्त्री अोली धन्यवादका विशेष पात्र छन् ।
सर्वोच्च अदालतका आदेश/फैसला सितिमिति विवादमा आउँदैनन्, सर्वसाधारणले टिप्पणी गर्दैनन् । तर पछिल्लो समय अदालतका आदेशमा व्यापक जनगुनासो बढ्न थालेको छ । अदालतका आदेश विवादमा तानिन थालेको एउटा उदाहरण हो, निजगढ वि...
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् । नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र म...
वैशाख ३० का लागि निर्धारित स्थानीय तह चुनाव आउन करीब एक महिना मात्र बाँकी रहेको समयमा फेरि चुनावप्रति संशय उत्पन्न हुने खालका अभिव्यक्ति नेताहरूबाट आउन थालेका छन् । निर्वाचन आयोगले आचारसंहिता समेत लागू गर...
तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो । हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी न...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
भर्खरै सम्पन्न चुनावको नतिजा बिर्साउने गरी सरकारले इन्धनमा फेरि भारी मूल्यवृद्धि गरेको छ । देश स्थानीय तह चुनावको नतिजाले रंगीन बनिरहेको समयमा भएको मूल्यवृद्धिबाट जनता ब्याकुल बनेका छन् । आइत...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...