नेपालमा कोरोना भाइरस (कोभिड–१९ रोग)को महामारीको जोखिम दैनिकजसो उच्च हुँदै गइरहेको छ । छिमेकी मुलुक भारतमा महामारीले ठूलो रूप लिएसँगै नेपालमा पनि यो फैलँदो छ ।
भारतसँग खुला सीमा नाका भएको जिल्ला बाँके, बर्दियाममा कोरोनाको असर उच्च भइसकेको अवस्था छ । ती जिल्लाहरूमा सोमवारबाट लकडाउन गरिएको छ । यस्तै काठमाडौं, ललितपुर तथा भक्तपुरमा पनि यसको असर बढ्दो रूपमा गइरहेको छ ।
सरकारले कोरोनाबाट बच्नका लागि अनिवार्य मास्क लगाएर मात्र सार्वजनिक स्थानमा निस्कन सूचनाहरू जारी गर्दै आएको छ । यद्यपी सबैले भने सरकारको निर्देशन पालना गरेका छैनन् ।
सोमवार काठमाडौंका सडकहरूमा मास्क नलगाइकनै यात्रा गरिरहेका देखिन्थे केही मानिसहरू । सडकमा खटिएका ट्राफिक प्रहरीहरू भने मास्क नलगाएकाहरूलाई मास्क लगाउन सिकाउँदै देखिन्थे, कतिपयलाई त उनीहरूले कारबाही समेत गरे ।
प्रहरीले सोमवारदेखि ‘मास्क लगाऔं अभियान’ सञ्चालन गरेको छ ।
कालिमाटीमा मास्क नलगाउने सर्वसाधारणलाई गाडीभित्रैबाट बोलाएर केरकार गरिरहेका थिए ट्राफिक प्रहरी ।
कालिमाटीमा मात्रै हैन उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक प्रहरीले यसरी नै गाडी रोक्दै मास्क नलगाउनेलाई लगाउन आग्रह गर्दै गरेका देखिन्थे ।
हेरौं बाँकी भिडियोमा