२८ जेठ २०८३, बिहीबार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

जेठ २७, २०८३
काठमाडौं
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले क्रोएशिया, स्विट्जरल्यान्ड, अस्ट्रेलिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्