×

X
Dabur
Nic Asia
Marvel

आलेख

आगामी बजेटका लागि सुझाव : यी हुन सक्छन् 'गेम चेञ्जर' आयोजना !

काठमाडाैं | बैशाख २३, २०७८

TVS INSIDE

आ.व. २०७८।७९ को बजेटका लागि संघीय सरकार क्रियाशील छ । यस सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेललाई विविध पक्ष र क्षेत्रबाट सुझाव दिने क्रम जारी छ । यसै सन्दर्भ पारेर यस आलेखमार्फत मैले पनि आगामी बजेटका लागि केही रचनात्मक सुझावहरू प्रस्तुत गरेको छु ।

IME BANK INNEWS
morang Auto yamaha

आत्मनिर्भर हुने क्षेत्रः


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

​नेपाल र नेपालीको स्वाभिमानका लागि पनि कम्तिमा हामी ५ कुरामा आत्मनिर्भर हुनैपर्छ । यसमा पहिलो खाद्यान्न हो । दोस्रो हरियो तरकारीमा आत्मनिर्भर हुनैपर्छ । तेस्रो, फलफूलमा हामी आत्मनिर्भर हुनैपर्छ । यसैगरी, चौथो, दुग्ध पदार्थमा पनि आत्मनिर्भर हुनैपर्छ । पाँचौं, मासुजन्य वस्तुमा पनि हामी आत्मनिर्भर हुनैपर्छ । मुख्य कुरा, कृषिजन्य उत्पादन र खाद्य वस्तुको करीब रु २ खर्बको पैठारी प्रतिस्थापन गर्नुपर्छ । मिसन खेतीका लागि वर्तमान कृषि क्षेत्रको बजेट दोब्बर गर्नुपर्छ । 

जडिबुटीको निकासी:

Vianet communication
Maruti inside

यर्सागुम्बा लगायतका बहुमूल्य जडिबुटीहरूको व्यावसायिक कारोवारबाट नेपाललाई एउटा समृद्ध मुलुक बनाउनु पर्छ । जटामसी, पाँचऔंले, कुटकी लगायतका जडिबुटीको विश्व बजारमा उच्च माग छ, त्यसको निकासी बढाउनुपर्छ । उच्च हिमाली क्षेत्रको मौरीको महलाई विश्व बजारमा औषधिको रूपमा बिक्री गर्नुपर्छ ।

उच्च हिमाली क्षेत्रमा चरन क्षेत्र विकास गरी त्यहाँ जडिबुटीको घाँस खाने मासुजन्य जनावरको स्लटर हाउस खोली उच्च मूल्यमा मासु निकासी गर्नुपर्छ । यसका निमित्त पीपीपीको मोडल उपयुक्त हुन सक्छ । यसर्थ, जडिबुटीको विकासका लागि विशेष उच्चस्तरीय संयन्त्र नै खडा गरी एकीकृत प्रयास गर्नुपर्छ । 

हस्तकलाका उत्पादन वृद्धि:

देसेमरु झ्याः जस्ता काष्ठकला, पौवा र भोजपत्रको विश्व बजारमा अत्यधिक माग छ, तिनको उत्पादन र निकासी बढाउनु पर्छ ।

नेपाली घण्टी, थैली, बाँसुरी, करुवा, अण्टी, नेपाली कागजका सामग्री र नक्कली सुनका गहनाका लागि नेपाल विश्व बजारमा प्रख्यात छ । यसैगरी, नेपाली कागजका विविध सामग्रीका लागि पनि नेपाल विख्यात छ । यिनको निकासी बढाउनु पर्छ । चाँदी र तामाका भाँडाकुडा र गहनाको पनि विश्वबजार छ । यसको उत्पादनमा जोड दिनुपर्छ । यसको निकासीबाट मुलुकको समृद्धि सम्भव छ ।

साहसिक खेलको विकास:

भोटेकोसी र त्रिशुलीमा र्‍याफ्टिङको स्वाद लिने पर्यटकको संख्या वृद्धि हुँदै गएको छ । हालको कोभिडको संक्रमणको बखत अपवादको अवस्था हो । यसलाई थप नदीमा विस्तार र बजारीकरण गर्नुपर्छ ।

नेपालका विशाल र रमणीय खोंचमा बञ्जी जम्पिङ फस्टाउदो अवस्थामा छ । यस अतिरिक्त नेपालका विभिन्न रमणीय डाँडामा प्याराग्लाइडिङले पर्यटकलाई आकर्षित गरेका छन् । यसको थप विकास गर्नु पर्छ ।

यसै सन्दर्भमा रोमाञ्चकारी पदयात्रा र रक क्लाइमिङ पनि नेपालमा फष्टाउँदो छ । यसमा पनि जोड दिनुपर्छ ।  यस क्षेत्रमा बजेटले लगानी बढाउने र लगानी आकर्षित गर्ने काम गर्नुपर्छ । 

प्राविधिक शिक्षामा जोड: 

हाल नेपालमा शैक्षिक बेरोजगारी समस्या दिनहुँ बढ्दै गएको छ । एक प्रकारले स्कूल र कलेज शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानासरह भएका छन् । यसर्थ, टेन प्लस टूमा डिस्टिङ्गसन वा ८० भन्दा बढी अंक ल्याएकाले मात्रै हालको सामाजिक विज्ञानका विषय पढ्न पाउने र अरू सबैले अनिवार्यरूपमा प्राविधिक विषय पढ्ने/पढाउने मेगा प्रोजेक्ट लागू गर्नुपर्छ ।

यसबाट उच्च गुणस्तरका इञ्जिनियर, ठेकेदार, सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, ब्यूटिसियन, सैलुनकर्मी, सञ्चारकर्मी, कलाकार, चिकित्सक, स्वास्थ्यकर्मी, सफाई विज्ञ, शिक्षा विज्ञ, वन र वन्यजन्तु संरक्षण विज्ञ लगायतका जनशक्ति उत्पादन गर्न सकिन्छ । यसका लागि हालका सबै क्याम्पसलाई एक प्रकारले पोलिटेक्निक संस्थामा रूपान्तरित गर्न र यसमा बहस केन्द्रित गर्न विद्वानवर्गमा आग्रह गर्दछु । 

हिउँ र माटोको गिफ्ट बनाऔं:

सगरमाथाको टाकुराको हिउँलाई विशेष बट्टामा सिलप्याक गरी उपहारको सामग्रीको रूपमा विश्व बजारमा बिक्री गर्नु पर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुग्ने केबलकार जडान गर्नु पर्छ । साथै हेलिकोप्टरबाट सटल सर्भिस सञ्चालन गर्नु पर्छ । साथै सगरमाथाको आधार शिविर आसपासका झरनाका पानीलाई प्रशोधन गरी बोटलिङ गरी विश्वभरी बिक्री गर्नुपर्छ । यसको ठूलो बजार हुनेछ । 

जुन मुलुकमा जे छ, सोही वस्तुलाई ब्रान्डिङ गर्ने नै हो, तर त्यसको पवित्रता जोगाएर । यस अनुरूप, विश्वका कम्तिमा २ अर्ब बुद्ध धर्मावलम्बीलाई बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा भ्रमण गराउने लक्ष्य लिनु पर्छ । 

यसका लागि विश्वमा रहेका बुद्धधर्मका नामुद धर्मगुरूहरूलाई सरकारी खर्चमा नेपालको भ्रमण गराई उनीहरूलाई मान सम्मान दिनु पर्छ ।

साथै, भगवान बुद्धको जन्मस्थलको एकचिम्टी माटोलाई पारदर्शीढंगले सुन वा चादीको लकेट बनाई विश्वभरि विशेष उपहारको रूपमा तयार गर्न सकिन्छ । यस्को मूल्य आंकलन गर्न सकिन्न, तर हायन्डिल विद केयरसँग अगाडि बढेमा अनुमान नै नगरेको लाभ लिन सकिन्छ । 

बुढीगण्डकीमा सरकारी लगानी:

गोरखा र धादिङ जिल्लामा पर्ने बुढीगण्डकी जलविद्युत् आयोजनाबाट १२ सय मे.वा. विद्युत शक्ति उत्पादन हुनेछ । यसमा प्राकृतिक बाँध बनाइनेछ, जो संसारका उत्कृष्ट १० बाँधमध्येमा पर्नेछ । यसमा ताल बनेर पानी जम्दा पोखराको फेवातालभन्दा बीस तीस गुणा ठूलो तालमा नौका बिहार गर्न सकिनेछ । तालको वरिपरि मनमोहक शहर बस्नेछ ।

करीब रु २५० अर्बको लागतमा करीब ८ वर्षमा यो योजना पूरा हुनेछ । सन् २०३० सम्ममा नेपालको प्रतिव्यक्ति आय पनि ५ हजार अमेरिकी डलर बराबर पुग्ने अनुमान गरिन्छ । यसबाट हामी मध्यम आय भएको मुलुकको पंक्तिमा पर्नेछौं । यसका लागि पनि बुढीगण्डकी जलविद्युत् आयोजना सर्वाधिक ‘हटकेक’ ठहरिएको छ ।

यसर्थ संघीय सरकारले प्रत्येक वर्ष रु २५ देखि ४० अर्ब बजेट विनियोजन गरी सो बजेट फ्रिज नहुने व्यवस्था गरेमा सहजै यो मेगा प्रोजेक्ट सफल हुने घाम जत्तिकै छर्लङ्ग छ । यसमा थप माथापच्चीको जरुरत छैन । तर, हाल यो आयोजनाका लागि पेट्रोल र डिजेलमा लगाइएको कर भने यथावत राख्नु पर्छ ।

रसायनिक मल कारखाना:

नेपाल एक कृषिप्रधान देश हो । यसर्थ यहाँ एउटा रसायनिक मल कारखाना तत्काल स्थापना गर्नुपर्छ । यसका लागि करीब १०० मे. वा. विद्युत शक्ति आवश्यक पर्न सक्छ । साथै, सातैवटा प्रदेशमा ७ वटा प्राङ्गारिक मल कारखाना स्थापना गर्नुपर्छ । अनि, एउटा कृषि औजार कारखाना पनि स्थापना गर्नुपर्छ । 

वनको व्यावसायीकरण:

नेपालको कूल भू–भागको ४६ प्रतिशत हिस्सा वन क्षेत्रले ओगटेको छ । तर कूलगर्हस्थ्य उत्पादनमा वनको योगदान केबल ६ प्रतिशत मात्रै छ । यसर्थ, उमेर पुगेका रुख काटेर नयाँ रुख लगाउनु पर्छ । रुखमा हाँगा काटेर त्यसलाई मेशिनले पेलेर पिठो बनाई सो पिठोबाट फल्याक र फर्निचरका सामाग्री उत्पादन गर्नुपर्छ । करीब ११ प्रतिशत नाङ्गो वन बुट्यान क्षेत्रमा सजिवन लगायतको खेती गरी लाभ लिनु पर्छ ।

वनलाई यथावत राखी जमिनमुनि फल्ने आलु, अदुवा, बेसार, पिँडालु, सखरखण्ड, तरुल लगायत उत्पादन गर्नु पर्छ । यसैगरी, वनको प्रकृति हेरी लहरे तरकारीअन्तर्गत फर्सी, स्कूस, घिरौँला, काँक्रो, सिमी लगायत उत्पादन गरी जाम उद्योग लगायत सञ्चालन गर्नुपर्छ । वनलाई विस्तारै फलफूलमा रुपान्तरित गरी बेल, गुराँस, लगायतको जुस र ऐँसेलु, काफल, किम्बूको उत्पादन बढाउनु पर्छ ।

यसैगरी, वनलाई असर नगर्ने गरी चिया, कफीको खेती, स्ट्रबेरी, अम्रिसो र जडिबुटीको उत्पादन गर्न सकिन्छ । साथै अग्ला वनमा गाईवस्तु र बाख्रापालन गरी लाभ लिन सकिन्छ । यसर्थ, वनको व्यावसायीकरण गर्ने एउटा मेगा प्रोजेक्ट सञ्चालनको पहल गर्नुपर्छ । 

खानी सञ्चालन:

नेपालमा कैयौँ स्थानमा ज्वालामुखी छन् । यो भनेको प्राकृतिक ग्यासको उपलब्धता हो । नेपालमा रहेको ढुङ्गा खानीबाट सिमेन्ट उद्योग सञ्चालनको प्रशस्त सम्भावना देखिएको छ । यसका अलावा मार्बल उद्योग र म्याग्नेसाइट उद्योग सञ्चालन गर्न सकिन्छ । नेपालमा तामा खानी, फलाम खानी र कोइला खानी रहेको छ ।

यति मात्रै होइन हामीसँग युरेनियम पनि छ । नेपालमा पाइने गुणस्तरीय ढुंगाहरूलाई कटिङ गरी रुबी, स्टोन उद्योग सञ्चालन गर्न सकिन्छ । साथै, काठमाडौंमा रहेको प्राकृतिक ग्यासको उपयोग गर्नुपर्छ । 

यसरी, आगामी बजेटमा यस्ता गेम चेञ्जर प्रोजेक्टमा लगानी गर्न सुझाउन चाहन्छु । 
 

TATA Below
NLIC
साउन १७, २०७९

लामो समयसम्म विवादमा रहेको राज्य व्यवस्था समितिमा अल्पमत/बहुमतको आधारमा निर्णय भएको तर सरकारले सदनमा लान नसकेको नागरिकता सम्बन्धी विधेयक अन्ततः दुवै सदनले पास गरेको छ तर यसमा शुरूदेखि परिवर्तन गर्न नसकिएको वै...

साउन १८, २०७९

लोकतन्त्र एउटा शासकीयस्वरूप, राज्य र समाजको एउटा व्यवस्था, राजनैतिक दर्शन हो भने व्यापक अर्थमा यो नागरिकको जीवन पद्दति हो । यसलाई जनतामाथि जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्था शासकीय अर्थमा लोकतन्त्र भनिन्...

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

साउन १६, २०७९

२०औं शताब्दीको अन्त्य र २१औं शताब्दीको शुरूआतमा एउटा नयाँ शब्द प्रचलनमा आयो – ‘मिडिया ट्रायल’ । कुनै पनि व्यक्तिको प्रतिष्ठालाई मिडिया कभरेज प्रभावकारिताको आउटपुटलाई प्रभाव मूल्यांकन गर्ने र व्यक्...

साउन २०, २०७९

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x