२७ असार २०८३, शनिबार

प्रीयंकाको हातमा आयुष्मानको जुत्ता

कात्तिक २०, २०७४
प्रीयंकाको हातमा आयुष्मानको जुत्ता

काठमाडौं, २७ जेठ — कुरा नयाँवर्षतिरको हो । नेपाली सिनेमाकी स्टार नायिका प्रीयंका कार्की र उनका प्रेमी आयुष्मान जोसी अहिले गहिरो प्रेममा छन् ।

नयाँवर्ष धुमधाम मनाउने रहर आयुष्मान र प्रीयंका दुबैलाई जाग्यो । भर्खरै कलकलाउँदो प्रेमलाई अरु बढी गाढा बनाउन उनीहरुले रमाइलो ठाउँ रोजे ।

यो जोडीले नयाँ वर्षमा दरबारमार्गको डेजाबु क्लबमा रमाइलो गर्ने योजना बनाए । साँझ छिप्पिँदै थियो, आयुष्मानले प्रीयंकाालाई आफ्नो गाडीमा राखेर क्लव लगे ।

क्लव नजिकै रहेको पार्किङमा गाडी राखेर उनीहरु कसैले देख्छ कि भन्ने डरले नचिनिए जसरी क्लव छिरे । क्लबबाट फर्कनु अघि नै उनीहरुलाई फ्यानहरुले नोटिस गरिसकेका थिए ।

केही घण्टा रमाइलो गरेर फर्कंदै गर्दा उनीहरुलाई फ्यानले पछ्याए । तस्वीर खिच्नेको लाइन लाग्यो । उनीहरु जसोतसो त्यहाँबाट निस्किए ।

त्यतिवेला प्रीयंकाको हातमा आयुष्मानको जुत्ता थियो भने प्रीयंकाको जुत्ता आयुष्मानले बोकेका थिए । यसरी नेपालका चर्चित सेलेब्रीटीले फ्यानसँग तस्वीर खिच्दा एकले अर्काको जुत्ता बोकेको समेत चाल पाएनन् । उनीहरुले एक अर्काको जुत्ता बोकेको कुरा फ्यानहरुले भने देखे ।

जुन दृश्य उनीहरुको प्रेमको गहिराइ नाप्न पर्याप्त छ ।

आजको गज्जब साप्ताहिकले तस्वीर सहित यो कुरा उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्