×

NMB BANK
NIC ASIA

राष्ट्रपति भण्डारीको संकल्पमा पशुपतिनाथमा ११ दिने क्षमा पूजा शुरू

बैशाख ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीको संकल्पमा अक्षया तृतीयाको दिन पारेर शुक्रवारदेखि पशुपतिनाथ मन्दिर र वासुकीनाथ मन्दिरमा ११ दिने क्षमा पूजा शुरू गरिएको छ ।

Muktinath Bank

राष्ट्रपति कार्यालयमामा बिहीबार संकल्प गरेपछि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा मूल कर्ता बनेर उक्त पूजा शुरू गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वशान्ति, राष्ट्रकल्याण र मानवजीवनका लागि राष्ट्रपति भण्डारीले क्षमा पूजाको संकल्प गरेकी हुन् । संकल्पका क्रममा भण्डारीले विश्वव्यापी कोभिडका कारण नेपालमा पनि मानवीय क्षति भएको भन्दै चासो र चिन्ता व्यक्त गरेको कोषाध्यक्ष थापाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नेपालमा विगतदेखि नै महामारी हुँदा पूजा गर्ने प्रचलन छ । कोषको ३५ औं वार्षिकोत्सव अवसर पारेर शुक्रबारदेखि जेठ १० गतेसम्म क्षमा पूजा गरिने भएको हो ।

Vianet communication
Laxmi Bank

थापाले भने, ‘विज्ञानले आविष्कार गरे पनि त्यो प्रकृतिसँग जोडिएको हुन्छ । विज्ञान प्रविधि भनेकै दैवी शक्तिको सारथी हो । प्रकृति सहज भएमात्र विज्ञानका उपलब्धिहरू पनि सार्थक बन्छन् । त्यसैले प्रकृति खुसी पार्न यो पूजा गरिएको हो ।’

११ दिने क्षमा पूजाले कोभिड महामारी धनजनको क्षति न्यूनीकरण हुने र प्राकृतिक वातावरण स्वच्छ हुने थापाको भनाइ छ । उनका अनुसार यो अवधिमा पाशुपत क्षेत्रका सबै मठमन्दिरमा विशेष पूजा हुनेछ ।

पशुपतिनाथको गर्भगृहमा मन्दिरमा मूल भट्ट गणेश भट्टले पूजा पाठ र जप गर्नेछन् भने मन्दिरमा पशुपतिकै पुजारी दिवाकर आचार्यको नेतृत्वमा १८ जना पूरोहितले हरेक दिन बिहान पूजाआजा गर्नेछन् । 

धार्मिक मान्यता अनुसार महामारीको संकटको घडीमा सबै भैरव र देवीहरूको पूजाआजा गर्नु उत्तम हुन्छ । डा. थापाले शुक्रबार शितलामाईको समेत पूजा गरेको बताउँदै भने, ‘यो क्षमा पूजाले प्रकृतिमा भएका किटाणु र भाइरस मार्छ । मानवीय संकट र क्षति भएको बेला यो पूजाले मानव मनमा आत्मविश्वास पनि बढाउँछ ।’

क्षमा पूजाको अन्तिम दिन पूर्णाहुती यज्ञ लगाइने छ । जसमा पशुपतिनाथका मूलभट्ट, वासुकीनाथका भट्टसमेत पाँचैजना भट्ट, ११ जना ब्राह्मणले रुद्रीपाठ, महामृत्युञ्जय जप, चण्डी पाठ, गणेश सहस्रनाम, विष्णु सहस्रनाम, आदित्य सहस्रनाम लगायत गर्ने छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x