×

NMB BANK
NIC ASIA

बुद्ध

जेठ १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel
  • दियेश रत्न शाक्य

ओ बुद्ध !
म यतिखेर तिम्रो मूर्तिसामु छु
र लागिपरेको छु
हृदयभरिको पुष्पाञ्जली चढाउन

Muktinath Bank

शायद 
यो धर्ती, प्रकृति र समस्त प्राणीलाई
सबैभन्दा बढी माया गर्नेमा 
बुद्ध तिमी थियौ
दुःख निवारण र सुख बीजारोपणको लागि
सबैभन्दा बढी चिन्तन गर्नेमा
बुद्ध तिमी थियौ
धर्मलाई अन्धविश्वासबाट माथि उठाउन
र मानिस–मानिस बीचको भेदभाव हटाउन
सबैभन्दा बढी संघर्ष गर्नेमा
बुद्ध तिमी थियौ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहो तिमीले 
कति सरल रूपमा सम्झायौ
मध्यम मार्ग नै जीवन जिउने कला हो
आफ्नो मनलाई जित्नु नै
सबैभन्दा ठूलो जीत हो
लाग्छ तिमीले विना हतियार 
मात्र मधुर वाणीले धेरै युद्ध जित्यौ
किनभने सबैका लागि
ब्युँझाउनु थियो जागृति
उठाउनु थियो स्वावलम्बन
र सबैभन्दा बढी 
बचाउनु थियो मानवीयता
हटाउनु थियो पाखण्डपन र संकीर्णता
र जरैदेखि उखेल्नु थियो
यज्ञको नाममा, धर्मको नाममा
अबोध प्राणी विरुद्धको हिंसा–क्रुरता


Advertisment
Nabil box
Kumari

मलाई आश्चर्य लाग्छ 
पच्चीस सय वर्ष अगाडिको 
पुरातन समाजमा
तिमीले कसरी सम्प्रेषण गर्न सक्यौ 
अनिश्वरवाद र अनात्मवाद
तिमीले कसरी भन्न सक्यौ
शास्त्रका सबै वचनहरू प्रामाणिक हुन सक्दैन
प्रश्नले घेर र अनुभवलाई स्वीकार
धन्न तिमीले 
सत्य वचन बोल्दा 
जिसस क्राइस्ट र ग्यालिलियोले भोगेको
नियति भोग्नुपरेन
म सोध्न चाहन्छु
तिमीसँग त्यस्तो के आत्मज्ञान थियो
जसले जीवन पर्यन्त तिमीलाई
भयरहित बनायो

Vianet communication
Laxmi Bank

बुद्ध, म तिम्रो
–    अनित्यवाद/क्षणिकवादमा 
क्वान्टम फिजिक्स देख्छु                                             
र डार्विनको विकासवाद भेट्छु
–    प्रतित्य समुत्पादमा कर्मको रूप देख्छु
र धर्मको सार पाउँछु
–    शुन्यवादमा गहिरो जीवन दर्शन देख्छु
–    अष्टांगिक मार्गमा दुःख निरोधको 
सरल उपाय भेट्छु
–    आर्य मौन/विपस्सनामा 
निर्वाणको सिँढी देख्छु

र म देख्छु तिम्रो मूर्तिलाई
तिम्रो सम्पूर्ण विचारको शरीर
जुन जीवन्त छ 
तिम्रो 
–    शील, समाधि र प्रज्ञाले
–    दया, करुणा र मैत्रीले
यसैले म हरेक बैशाख पूर्णिमामा
सुनाइरहन्छु तिम्रो मूर्तिलाई
ह्याप्पी बर्थ डे !

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x