चर्चित गजलकार कपिल अञ्जानको शब्दमा नयाँ गीत बजारमा आएको छ ।
संगीतकार हरी लम्सालको सुमधुर संगीतमा सजिएको यस गीतमा लम्साल आफैंले स्वर दिएका छन् ।
राष्ट्रभाव झल्काइएको यस गीतमा शंकर पराजुली र आस्था बस्नेतले फिचरिङ गरेका छन् ।
गीतमा भनिएको छ :
यो शिर कसैको द्वारमा झुकेको छैन
यस कारण दिल कहिल्यै दुखेको छैन
गीतको भिडियो शक्ति पाख्रिनले निर्देशन गरेका छन् ।
गीतको भिडियोमा गाउँले परिवेशमा नेपाली माटोको स्वाभिमानको कथालाई चित्रण गरिएको छ ।