१४ असार २०८३, आइतबार

भर्चुअल कक्षाको विकल्प खोज्न शिक्षकको आग्रह

असार ४, २०७८
भर्चुअल कक्षाको विकल्प खोज्न शिक्षकको आग्रह
प्रतिकात्मक तस्वीर

असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक शत्र शुरू भए पनि प्रभावकारी हुन नसक्ने शिक्षक नेताहरूको भनाइ रहेको छ । 

सबै विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न नसक्ने भन्दै नेपाल शिक्षक महासंघले यसको विकल्प खोज्न सरकारसँग माग गरेको छ ।

महासंघका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सामुदायिक विद्यालयका २५ प्रतिशत विद्यार्थीले पनि भर्चुअल कक्षामा पहुँच नपाएको बताए ।

‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको बाध्यता र समस्या अनेक छन्,’ दवाडीलेको प्रश्न छ, ‘कतिपय स्थानमा बत्ती छैन, कतिपय ठाउँमा इन्टरनेटको पहुँच छैन, त्यस्ता ठाउँका विद्यार्थीलाई कसरी भर्चुअल कक्षामा सहभागी गराउन सकिन्छ ?’

भर्चुअल कक्षाको विकल्पमा अन्य वैकल्पिक कक्षाबारे सरकारले ध्यान पुर्‍याउनुपर्नेमा दवाडीले जोड दिए । सुगम शहरी क्षेत्रमा पढ्ने निजी विद्यालयका विद्यार्थीलाई भर्चुअल कक्षा सहज हुने भए पनि सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्चुअल कक्षामा सहभागी हुन कठिन हुने दवाडीले बताए ।

महासंघले कोरोना भाइरस विरुद्धको खोप सबै शिक्षक–कर्मचारी एवं १२ वर्षमाथिका विद्यार्थीलाई प्राथमिकताका साथ दिन पनि माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्