२३ असार २०८३, मंगलबार

प्रत्यक्ष बुलेटिन पढ्दापढ्दै समाचारवाचकले गरे तलब नपाएको गुनासो

असार १०, २०७८
प्रत्यक्ष बुलेटिन पढ्दापढ्दै समाचारवाचकले गरे तलब नपाएको गुनासो

अफ्रिकी मुलुक जाम्बियामा एक टीभीका समाचारवाचकले प्रत्यक्ष बुलेटिन पढ्दै गर्दा आफू र आफ्ना सहकर्मीले तलब नपाएको गुनासो गरेका छन् । 
 

कबिन्दा कलिमिना नामक ती समाचारवाचकले शनिवार राति समाचार भन्दै गर्दा तलब नपाएको र पाउनैपर्ने बताएका थिए । 

सामान्य तरिकाले बुलेटिन शुरू गरेर शीर्ष समाचार भनेपछि उनी अचानक रोकिए र अन एयर नै तलब नपाएको गुनासो गर्न थाले । 

क्यामरालाई हेर्दै उनले भने, ‘महिला तथा सज्जनवृन्द, समाचार बाहेकको कुरा गर्दा हामी मानव हौं । हामीलाई तलब दिनुपर्छ ।’

‘तर दुर्भाग्यवश, केबीएनमा हामीलाई तलब दिइएको छैन । श्यारोन, अन्य र म समेतले तलब पाएका छैनौं । हामीलाई तलब दिनुपर्छ ।’

उनले यसो भनेलगत्तै स्टेसनले प्रत्यक्ष प्रसारण काटेर बुलेटिनको ट्रेलर चलाएको थियो । 
 

केबीएन टीभीले कलिमिनाबाट एक राते स्टन्ट भएको यसरी प्रत्यक्ष प्रसारणमा असान्दर्भिक कुरा गर्नु निन्दनीय भएको बतायो । 

तलब नपाएको गुनासो गर्ने उपयुक्त माध्यम अर्कै भए पनि कलिमिनाले प्रत्यक्ष प्रसारणको दुरुपयोग गरेको टीभीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्