१९ असार २०८३, शुक्रबार

गलत समयमा गलत ठाउँमा प्रेम छचल्किँदा गयो मन्त्रीपद !

असार १३, २०७८
गलत समयमा गलत ठाउँमा प्रेम छचल्किँदा गयो मन्त्रीपद !

आफ्नी सहयोगीलाई कार्यालयभित्रै अँगालो कसेर गहिरो चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् । 

सहयोगी जिना कोलादान्गेलोसँग रोमान्स गर्दै गर्दा सीसीटीभी क्यामरामा उनको हर्कत कैद भएको थियो । त्यसलाई बेलायतको ट्याब्लोइड पत्रिका द सनले प्रमुख समाचार बनाएर छापेको थियो । 

पदबाट राजीनामा दिएपछि उनले पत्नी मार्थासँग पनि छोडपत्र गरेको र अब जिनासँग जीवन बिताउन खोजेको बेलायती सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

कोभिडको नियम पालन गर्नका लागि भौतिक दूरी कायम राख्न अरूलाई सल्लाह दिने मन्त्री आफैंले चाहिँ कार्यालयमा अर्की महिलासँग भौतिक सामीप्य बनाएको भन्दै चर्को आलोचना गरिएको थियो । 

प्रधानमन्त्री बोरिस जोनसनलाई राजीनामापत्र बुझाउँदै उनले जनताहरू महामारीको बेलामा इमान्दार रहेको र आफूले उनीहरूको विश्वास तोडेको उल्लेख गरे । 

उनको स्थानमा साजिद जाविदले स्वास्थ्य मन्त्रालय सम्हाल्नेछन् । 

लत्ताकपडा व्यवसायीकी पत्नी जिनालाई म्याट ह्यानककले सन् २०२० को आरम्भतिर बेतलबी सल्लाहकारका रूपमा मन्त्रालय भित्र्याएका थिए । पछि उनलाई तलबी सहयोगी सल्लाहकार बनाइएको थियो । उनले पनि राजीनामा दिने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्