१९ असार २०८३, शुक्रबार

हट एयर बलून बिजुलीको तारमा ठोकिएर आगो लाग्दा ५ जनाको मृत्यु (भिडियो)

असार १३, २०७८
हट एयर बलून बिजुलीको तारमा ठोकिएर आगो लाग्दा ५ जनाको मृत्यु (भिडियो)

अमेरिकाको न्यु मेक्सिकोमा यात्रुहरू सवार एक हट एयर बलून शनिवार बिजुलीको तारमा ठोकिएपछि पाँचजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सेवानिवृत्त प्रहरी अधिकृत मार्टिन मार्टिनेज र उनकी पत्नी मेरी पनि छन् । 

अन्य मृतकको नाम सार्वजनिक गरिएको छैन । उनीहरू न्यु मेक्सिकोमै बस्ने अधबैंसेहरू भएको बताइएको छ । हट एयर बलूनका चालकको पनि मृत्यु भएको बताइएको छ । 
 

बलूनलाई हावाले उडाएर बिजुलीको तार भएतिर हुत्त्याएको र त्यसमा आगो लागेको अनि त्यसको बास्केट विशाल रंगीचंगी बलूनबाट छुट्टिएको बताइएको छ । 

उक्त बास्केट आगो लागेर भुइँमा खसेको थियो । व्यस्त सडकमा त्यो खसेको थियो । 

रंगीचंगी बलूनलाई एक माइल पर एउटा घरको आँगनमा फेला पारिएको थियो । 

स्थानीयहरू आगो निभाउने साधन लिएर बास्केट भएतिर दौडिएका थिए । तर चारजनाको घटनास्थलमै मृत्यु भयो भने एकजना अस्पताल लगेको केही छिनपछि बिते । 

घटनापछि विद्युत् आपूर्ति बन्द भएर १३ हजार घर प्रभावित भएका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्