१९ असार २०८३, शुक्रबार

एउटा मान्छेको बदमासीले गर्दा सयौंजना घाइते (भिडियो)

असार १३, २०७८
एउटा मान्छेको बदमासीले गर्दा सयौंजना घाइते (भिडियो)

फ्रान्समा बर्सेनि आयोजना गरिने साइकल दौड प्रतियोगिता टूर दे फ्रान्समा शनिवार दुर्घटना भएको छ । 

सडकको छेउमा उभिएका एक दर्शकले टीभी क्यामराहरूमा ब्यानर देखाउने क्रममा सडकमा आएपछि एकपछि अर्को साइकल खप्टिएर दुर्घटना भएको हो । 
 

ब्रेस्ट नामक स्थानबाट तीन हप्ते साइकल दौड प्रतियोगिता शुरू भएको हो । पहिलो दिनको खेलमा ४५ किलोमिटर बाँकी रहँदा नै दुर्घटना हुन पुग्यो । 

जम्बो–भिस्मा टोली ब्रिट्टनीको साँघुरो बाटोमा भेला भएका थिए । टोनी मार्टिन नामक साइक्लिस्टले साइकल चलाइरहँदा एकजना दर्शक अचानक सडकमा आइपुगे । 
 

मार्टिनले ती व्यक्तिलाई छल्नै सकेनन् र उसको हातमा ठोकिएपछि उनी पक्की सडकमा पछारिए । उनीपछाडि आइरहेका १८४ साइक्लिस्टहरू एकअर्कामाथि ठोकिन थाले । 

२० जनाभन्दा बढी साइक्लिस्ट लडेर घाउचोट लाग्यो । याशा सट्टरलिनले चोटका कारण दौड नै परित्याग गर्नुपरेको छ । अन्यलाई सामान्य चोटपटक लागेको छ ।

ती बदमास दर्शकले आफ्नो ब्यानरमा हजुरबुवा हजुरआमालाई हेलो भनी लेखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्