![रेशम सापकोटाले ल्याए तीज गीत 'सौतेनी छोरी' [भिडियो]](https://lktcdn2.prixacdn.net/media/210458130_1540190062995842_2276447932517746486_n_8IghMZBstB.jpg)
गायक रेशम सापकोटा, गायिका राधिका हमाल र बाल गायिका प्राप्ती भट्टको सुमधुर स्वरमा तीज गीत सौतेनी छोरी सार्वजनिक भएको छ ।
गीतमा गायक सापकोटाकै शब्द रहेको छ भने उनी आफैंले संगीत भरेका छन् ।
सौतेनी आमाले सौतेनी छोरीलाई गर्ने व्यवहारलाई देखाइएको यस गीतमा गायक सापकोटा, रिता सिवाकोटी, सर्गम सापकोटा लगायतले फिचरिङ गरेका छन् ।
गीतले सामाजिक सन्देश बोलेको यस गीतमा बाबु बनेका सापकोटाले बच्चाबच्ची देवता समान हुने भन्दै उनले आफ्नी पत्नीलाई सम्झाइरहेका छन् ।
त्यस्तै उनकी पत्नीले भने छोरी आफ्नु नभएको भन्दै हेला गर्न खोजेको, हेला गरेको दृश्य देखाइएको छ ।
सापकोटाले यस अघीका तीजहरूमा पनि घर झगडा र त्यसपछिका परिदृश्यलाई समेटेर गीत ल्याएका थिए ।