२० असार २०८३, शनिबार

यसरी बनाउनुस् स्वादिष्ट पनीरको लड्डु

असार २१, २०७८
यसरी बनाउनुस् स्वादिष्ट पनीरको लड्डु

पनीर प्रोटीन र क्याल्सियम लगायतका पोषक तत्त्वले भरपूर हुन्छ । शाकाहारी मानिसहरूले पोषणका लागि अवश्य पनीर खानुपर्छ । 

यहाँ हामी पनीरको लड्डु बनाउने तरिका सिकाउँदैछौं । 

सामग्री
पनीर ३०० ग्राम
नरिवल कोरेको दुई ठूलो चम्चा
चिनी एक कप
अलैंचीको धूलो सानो चम्चाको आधा
धूलो दूध ठूलो चम्चा आधा
काजु दुई ठूला चम्चा (काटेको)
घ्यू आधा ठूलो चम्चा

विधि

सबभन्दा पहिला पनीरलाई मिक्सरमा राखेर मसिनो गरी धूलो बनाउनुस् । 

एउटा प्यानमा घ्यू तातो पारेर सानो आगोमा पनीर भुट्नुस् । 

त्यसमा चिनी र अलैंचीको धूलो मिसाएर पाँच मिनेट भुट्नुस् । 

अब त्यस मिश्रणलाई अलिकति सेलाउन दिएर कोरेको नरिवल र काजु राखेर मिसाउनुस् । 

त्यही मिश्रणलाई लड्डु बनाएर पस्किनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्