१७ असार २०८३, बुधबार

रिबन काट्न नपाएपछि रिसाए मुख्यमन्त्री, हातैले तानिदिए (भिडियो)

असार २४, २०७८
रिबन काट्न नपाएपछि रिसाए मुख्यमन्त्री, हातैले तानिदिए (भिडियो)

भारतको तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर राव सामुदायिक आवास भवनको शुभारम्भ समारोहमा रिबन काट्नका लागि कैंची नपाएपछि रिसाउँदै हातैले रिबन तानेर भित्र पसेका छन् । 

आयोजकहरूले ठूलै भूल गरी कैंची ल्याउन बिर्सेपछि लज्जास्पद स्थिति बनेको हो । 

घटनाको भिडियो समाचार संस्था एएनआईले शेयर गरेको छ । त्यसमा मुख्यमन्त्री, अन्य कैयौं व्यक्ति र सञ्चारकर्मीहरू कैंचीको प्रतीक्षामा रहेको देखिन्छ । 

केही सेकेन्ड कुरेपछि रिसाउँदै रावले रिबन हातैले तानेका थिए र सबैजनालाई भित्र पसाएका थिए । 

मुख्यमन्त्रीले राजन्ना सिरचिल्ला जिल्लामा रहेको मन्डेपल्ली गाउँमा सामुदायिक भवनहरूको उद्घाटन गरेका थिए । त्यसक्रममा आयोजकहरूको कमजोरी देखियो ।

salt training

कमेन्ट गर्नुहोस्