१४ असार २०८३, आइतबार

हजुरआमालाई खुशी राख्न नातिनीले १३ वर्षदेखि पैसा तिरेर भाडामा राखिन् ‘नक्कली आमा’

असार २४, २०७८
हजुरआमालाई खुशी राख्न नातिनीले १३ वर्षदेखि पैसा तिरेर भाडामा राखिन् ‘नक्कली आमा’

निःसन्तान दम्पतीले बच्चा जन्माउन कोख भाडामा लिने गरेको सुनिन्छ तर जन्मिसकेकी छोरीले आमा भाडामा लिएको अनौठो घटना चीनमा भएको छ ।

आमाको निधन भएपछि चीनको शाङ्सी प्रदेशमा बस्ने ४६ वर्षीया चेङ जीङले हजुरआमालाई दुःख नलागोस् भनेर ‘नक्कली आमा’ भाडामा लिएकी हुन् । हजुरआमाको भावनाप्रति संवेदनशील चेङले आमाको निधनपछि भाडामा आमा राख्ने निधो गरेकी थिइन् ।

हजुरआमालाई आफ्नी छोरीको मृत्युबारे थाहा नहोस् भनेर चेङले नक्कली आमा राखेकी हुन् । चेङकी आमाको ६९ वर्षको उमेरमा निधन भएको थियो ।

चाइना डेलीका अनुसार भाडामा लिइएकी महिलाको आवाज चेङकी आमासँग मिल्दोजुल्दो थियो । हजुरआमाबाट टाढा रहेकी चेङले फोनबाट कुरा गर्ने थिइन्, सँगसँगै ‘नक्कली आमा’लाई पनि कुरा गराउँथिन् ।

आफ्नी छोराको आवाज पहिलाजस्तो नभएपछि हजुरआमाले शंका गर्न थालेकी थिइन् । तर रुघाखोकी लागेर, सञ्चो नभएर आवाज बिग्रिएको बताउने गरिएको थियो । यसरी हजुरआमाले नक्कली आमालाई आफ्नै छोरी सम्झेर कुरा गर्ने गरिन् ।

हजुरआमाले छोरी र नातिनीलाई घर आउन निम्तो समेत दिने गरेकी थिइन् । तर अनेक बहाना बनाउँदै चेङ हजुरआमालाई भेट्न गइनन् । बरु फोनबाटै नक्कली आमासँग कुरा गराइरहिन् ।

चेङले चाइना डेलीसँग भनिन्, ‘मेरा हजुरबुवाको मृत्यु हजुरआमा ३० वर्षकी हुँदा नै भएको थियो । हजुरआमाबाट एकै सन्तान थिइन्, मेरी आमा । मेरी आमालाई हजुरआमाले नै पालनपोषण गरेकी थिइन् । मेरी आमा नै हजुरआमाको जिन्दगीमा नजिक थिइन् । तसर्थ आमाको मृत्युको खबरले हजुरआमालाई दुःख लाग्ने भएकाले भाडामा नक्कली आमा राख्नुपर्‍यो ।’

salt training

कमेन्ट गर्नुहोस्