मंसिर १८, २०८०
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
असार २४, २०७८
नेपाल वायु सेवा निगममा पाइलटको लाइसेन्स नवीकरणसम्बन्धी तालिम लिनका लागि सेवा खरिद गर्दा अनियमितता भएको पाइएको छ ।
निगमको एयर बस ३२०/३३० का लागि करारमा नियुक्त भएका स्वदेशी तथा विदेशी पाइलटका लागि दिइने तालिमको सेवा खरिदका लागि विदेशी संस्था छनौट गर्दा अनियमितता भएको पाइएको हो ।
निगमले कोटेसन मागेपछि कम दरभाउ पत्र पेश गर्ने संस्थालाई छनौट नगर्दा कानून, प्रक्रिया त मिचिएको छ नै निगमलाई आर्थिक भार पर्दा लाखौँ रुपैयाँको नोक्सानी समेत बेहोर्नुपरेको छ ।
कम दररेट प्रस्ताव गर्ने संस्थालाई छनौट गर्नुपर्नेमा बढी रकम प्रस्ताव गर्ने संस्थालाई कानूनविपरीत छनोट गरिएको छ ।
त्यसबाहेक निगमका आफ्नै स्वदेशी पाइलटबाट प्रशिक्षण नगराएर विदेशी प्रशिक्षकबाट प्रशिक्षण दिलाउँदा निगमलाई लाखौँ रुपैयाँ नोक्सानी भएको छ ।
यसरी भएको थियो अनियमितता
नेपाल वायु सेवा निगमको एयरबस ३२० विमानमा हाल १७ जना नेपाली र १ जना विदेशी गरी कुल १८ जना क्याप्टेन तथा १३ जना को-पाइलटसहित ३१ जना छन् ।
त्यसमध्ये १ जना नेपाली र १ जना विदेशी प्रशिक्षक (इन्स्ट्रक्टर पाइलट-आईपी) छन् । गत वर्षको बन्दाबन्दीअघि निगमसँग २ जना विदेशी प्रशिक्षक पाइलटसहित २१ जना क्याप्टेन तथा १४ जना को-पाइलट रहेका थिए ।
साधारण अवस्थामा एयरबस ३२० जहाज पूर्ण क्षमतामा उडाउनका लागि २ वटा जहाजमा प्रतिजहाज ७ जना क्याप्टेन तथा ७ जना को-पाइलटका दरले १४/१४ जना गरी २८ जना पाइलट आवश्यक पर्ने गर्छ ।
बन्दाबन्दीअघि निगमसँग ३५ जना पाइलट रहेको अवस्थामा कोभिड महामारीका कारण विदेशी तथा करार सेवाका पाइलटको संख्या कटौती गरी हाल २१ जनामा झारिएको छ ।
सन् २०१८ देखि २०१९ मा एयर बस ३३० का लागि निगमले १५ जना पाइलटलाई तालिम दिएको थियो।
फ्लाइट अपरेशन विभागका निर्देशकमा दीपुराज ज्वार्चन नियुक्त भएपछि सन् २०१९ देखि सन् २०२१ सम्मको अवधिमा एयर बस ३२० मा जम्मा २ जनालाई पाइलटको तालिम दिइएको थियो। त्यसैगरी एयर बस ३३० मा ४ जना पाइलटले तालिम गर्न निवेदन दिएको भएपनि तालिम सञ्चालन गरिएको थिएन ।
एयर बस ३२० र ३३० सिमुलेटर (लाइसेन्स नवीकरण तालिम)का लागि निगमले २७ डिसेम्बर, २०१९ मा कोटेसन माग गरेको थियो ।
श्रीलंकास्थित श्रीलंकन फ्लाइट ट्रेनिङ, बहराइनको गल्फ एभिएसन एकेडेमी र फ्रान्सको सिमाइरोले बोलपत्र पेश गरेका थिए । तालिम दिने केन्द्रले केन्द्रकै प्रशिक्षक प्रयोग गर्दा (वेट) र वायु सेवा निगमले आफ्नै प्रशिक्षक राख्दा (ड्राई)को फरक-फरक दर भाउ पेश गरिएको थियो ।
तालिम दिँदा तालिम केन्द्रले नै प्रशिक्षक दिने अवस्थामा श्रीलंकन फ्लाइट ट्रेनिङले ५०८ डलर प्रति घण्टाका दरले कुल २ लाख २८ हजार ६०० डलर, गल्फले ५२५ डलर प्रति घण्टाको दरले २ लाख ३६ हजार २५० डलर र सिमाइरोले ४२१ डलर प्रति घण्टाका दरले कुल १ लाख ८९ हजार ४५० डलर प्रस्ताव गरेका थिए ।
त्यसैगरी निगमले तालिमका लागि आफ्नै प्रशिक्षक दिने अवस्थामा श्रीलंकनले ३५० डलर प्रति घण्टाका दरले कुल १ लाख ५७ हजार ५०० डलर, गल्फले १ लाख ३७ हजार २५० डलर र सिमाइरोले १ लाख १० हजार २५० डलर कुल रकम प्रस्ताव गरेको थियो।
पेश गरिएको दरभाउ पत्र उपर मूल्यांकन समितिले सोही आधारमा तालिम केन्द्रहरूको आर्थिक मूल्यांकन जसमा भिसा, टिकट, क्रुको दैनिक भत्ता सबै समावेश गर्दा श्रीलंकनले ३ लाख १५ हजार ५५२ डलर, गल्फले ३ लाख ४२ हजार ४६६ डलर र सिमाइरोले ३ लाख ८ हजार ३१४ डलर प्रस्ताव गरेको थियो । उक्त रकममा तालिम दिने केन्द्रले नै प्रशिक्षक उपलब्ध गराउने अर्थात वेट रेट प्रस्ताव गरिएको थियो ।
मूल्यांकन समितिले उक्त दरभाउलाई मूल्यांकन गर्दा भारतीय नागरिक वायु सेवामा करारमा पाइलट पदमा कार्यरत रहेका प्रियपाल सिंह, पाकिस्तानी नागरिक वायुसेवामा करारमा कार्यरत यवर कमल र विशाल पौडेल ट्रेनिङ म्यानेजरसहितको समितिले सबैभन्दा कम दर पेश गरेको सिमाइरोभन्दा पनि गल्फ एभिएसन एकेडेमी उपयुक्त रहेको मूल्यांकन गरेको थियो।
फ्रान्सका लागि २ हप्ता तथा बहराइनका लागि ५ देखि १० दिनको कार्यदिन लाग्ने हुनाले गल्फ उपयुक्त हुने भनी अपरेशन विभागलाई सिफारिश गरेको थियो ।
अपरेशन विभागले महाप्रबन्धकलाई सोही अनुसारको सिफारिश स्वीकृतिका लागि पठाएपछि महाप्रबन्धकले कम दरको प्रस्ताव गरेका बोलपत्रभन्दा पनि बढी दरभाउ प्रस्ताव गरेको गल्फ एकेडेमीको प्रस्ताव स्वीकृत गरेका थिए ।
तालिम केन्द्रको छनोटपश्चात अपरेशन विभागले २४ सेप्टेम्बर देखि २८ सेप्टेम्बर, २०२० का लागि ८ जना पाइलट, ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्मका लागि ४ जना, १३ अक्टोबर देखि १५ अक्टोबरसम्मका लागि ४ जना, १८ अक्टोबरदेखि २० अक्टोबरसम्मका लागि २ जना, १ नोभेम्बरदेखि ५ नोभेम्बरसम्मका लागि ६ जनालाई तालिममा पठाएको थियो।
त्यसैगरी ९ नोभेम्बरदेखि ११ नोभेम्बरसम्म २ जना, ७ डिसेम्बर देखि ९ डिसेम्बरसम्म २ जना र १० डिसेम्बरदेखि १२ डिसेम्बर सम्म २ जना गरी कुल ३१ जना पाइलटलाई तालिममा पठाएको थियो।
उक्त तालिम नेपाली प्रशिक्षकबाट गराएको भए ५७ हजार ३४० अमेरिकी डलर लाग्नेमा ३२ घण्टा मात्र नेपाली प्रशिक्षकबाट गराई १५६ घण्टा विदेशी प्रशिक्षकद्वारा सञ्चालन गराउँदा नेपाल वायु सेवा निगमलाई ३४ हजार ३२० अमेरिकी डलर अर्थात् ३७ लाख ७५ हजार २०० रुपैयाँ घाटा भएको देखिन्छ ।
सबैभन्दा कम दररेट पेश गर्ने सिमाइरोको दरभाउ स्वीकृत नगरी दोस्रो गल्फ एभिएसनको दरभाउ स्वीकृत गर्नु नियमविपरीत देखिन्छ। समाइरोलाई जिम्मेवारी दिएको भए ४६ हजार ६० अमेरिकी डलर अर्थात् ५० लाख ६६ हजार रुपैयाँमा तालिम सकिनेमा गल्फ एभिएसन एकेडेमीलाई ९१ हजार ६६० अमेरिकी डलर अर्थात् १ करोड ८२ हजार ७१० रुपैयाँ भुक्तानी भुक्तानी गरिएको छ ।
त्यतिबेला डलर सटही दर प्रतिडलर १ सय १० नेपाली रूपैयाँ थियो । उक्त काम बाट पनि निगमलाई ५० लाख १६ हजार ७१० रुपैयाँ नोक्सान भएको थियो।
वायु सेवा निगमको आर्थिक विनियमावलीको विनियम १६१(१)मा विदेशी संस्थाहरूबाट उड्डयन सेवा, वायुयान मर्मतसंहार सेवा लगायत अन्य सेवाका कर्मचारीहरूलाई निगमभित्र तालिम प्रदान गर्न नसकिने प्रकृतिका अनिवार्य र ऐच्छिक दुवै किसिमका तालिमहरू स्वदेशी/ विदेशी संस्थाहरूबाट गर्न/गराउन पर्दा स्वीकृत बजेटभित्र कार्यविधि अनुसार सेवा प्राप्त गर्न सक्ने उल्लेख छ ।
निर्दिष्ट तालिम प्राप्त गर्न/गराउन प्राविधिक दृष्टिले योग्य, सक्षम र मान्यता प्राप्त संस्थाहरूको चयन गर्नका लागि मूल्यांकनका स्पष्ट आधारहरू तोकी सम्बन्धित विभागीय प्रमुखले कम्तिमा तीनजना विज्ञ पदाधिकारी रहेको मूल्यांकन समिति गठन गर्ने प्रावधान छ। त्यस्तो समितिले सेवा लिनका लागि उचित ठहराएका उपलब्ध भएसम्म तीनवटा संस्थाहरूमा नघटाई नामावली सिफारिश गर्ने उल्लेख छ ।
मूल्यांकन समितिको सिफारिशमा सम्बन्धित विभागीय प्रमुखले नामावलीमा स्वीकृत गरेपछि त्यस्ता स्वीकृत भएका संस्थाहरूबाट कम्तिमा १० दिनको म्याद दिई गर्नुपर्ने तालिमको विवरण, परिणाम शर्तहरू समेत स्पष्ट पारी पत्र, फ्याक्स तथा इमेलमार्फत आर्थिक प्रस्ताव माग गर्नु पर्ने उल्लेख छ । प्राप्त हुन् आएका प्रस्तावहरू मध्येबाट सबै भन्दा कम दररेट उल्लेख गर्ने प्रतिस्पर्धी संस्थाको प्रस्ताव अनुसूची ५ बमोजिमको अधिकारप्राप्त अधिकारी समक्ष पेश गरी स्वीकृत भएपछि सम्झौता गरी सेवा लिनु पर्नेछ भन्ने उल्लेख छ ।
'तर, एयर बस ३२० को लाइसेन्स नवीकरण तालिमका लागि निगमले २७ डिसेम्बर २०१९ मा कोटेसन माग गरेकोमा सबैभन्दा कम दरभाउपत्र पेश गर्ने सिमाइरो एकेडेमीको कोटेसन स्वीकृत गर्नुपरेमा सो नगरेकोले उक्त कार्यमा संलग्न पदाधिकारीलाई कानून बमोजिम कारवाही गरी नेपाल वायु सेवा निगमलाई भएको क्षति असुल उपर गर्न सम्बन्धित निकायलाई निर्देशन दिन उपयुक्त हुने,' राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिन प्रतिवेदनमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुझाव दिइएको छ ।
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...