अमेरिकी सेनाले बुढ्यौलीका प्रभावहरूलाई रोक्ने वा घटाउने चक्कीको परीक्षण गरिरहेको छ ।
स्पेसल अपरेसन्स कमान्ड (सोकोम)ले विकसित गरिरहेको उक्त चक्कीले सैनिकहरूको कार्यक्षमता बढाउने लक्ष्य लिएको ब्रेकिङ डिफेन्स पत्रिकाले खबर दिएको छ ।
यस औषधिले शरीरमा रहेको एक तत्त्वको स्तर बढाउने र अनि त्यसले गर्दा इन्फ्लेमेसन घट्ने, न्युरोडिजेनेरेसन सुस्त हुने तथा कोशिकाहरू पुनर्ताजगी हुने आशा गरिएको छ ।
मानवमाथि यसको परीक्षण अर्को वर्ष गरिनेछ ।
चक्की बनाउनका लागि सोकोमले निजी बायोटेक प्रयोगशाला मेट्रो इन्टरनेसनल बायोकेमसँग साझेदारी गरेको छ ।
सोकोमका प्रवक्ता नेभी कमान्डर टिम हकिन्सले शरीरमा प्राकृतिक रूपमा रहेका कुरालाई नै बढाउने काम यस औषधिले गर्ने बताए ।
‘
हाम्रा सैनिकहरूलाई उमेर ढल्केसँगै आउने कमजोरीलाई औषधिले हटाउनेछ र युद्धका लागि हरदम तयारी अवस्थामा राख्नेछ,’ उनले बताए ।