भारतको गुजरातमा किसानहरूलाई अवैध रक्सी राखेको आरोपमा पक्राउ गरिएको छ ।
ती किसानहरूले आफ्नै भैंसीलाई रक्सी पिलाएर मताएका थिए ।
भैंसीहरूले अनौठो व्यवहार देखाएपछि एक किसानले पशुचिकित्सकलाई बोलाएका थिए ।
भैंसीहरूले पानी पिउने डुँडमा अवैध देशी दारु मिसाइएको पशुचिकित्कसले पत्ता लगाए ।
उनले तत्कालै प्रहरीलाई खबर गरे र प्रहरीले किसानहरूलाई पक्राउ गरेको हो ।
भैंसीले मुखबाट फिँज काढेपछि किसानले पशुचिकित्सक बोलाएको स्थानीय प्रहरी अधिकारी दिलीपसिंह बलदेवले बताए ।
खोज्दै जाँदा किसानहरूले पशुको डुँडमा अवैध रक्सी लुकाएको पाइयो । लुकाइएकामध्ये केही रक्सीको बोतल फुटेर अल्कोहल पानीमा मिसिएको थियो ।
प्रहरीले छापा मार्दा १०० वटा रक्सीको बोतल फेला पारेको थियो ।