०१ असार २०८३, सोमबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

कास्की, मकवानपुर, बाँके र मोरङमा शनिवार राति दुर्घटना हुँदा एक–एक जनाको मृत्यु भएको हो । 

कास्की, माछापुच्छ्रे गाउँपालिका-२ बाँझोखेतस्थित सडकमा ग ३ प ३२२५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक गोरखाका ३२ वर्षीय जीवन गुरुङको मृत्यु भएको छ । 

उनी बाँझोखेत भन्ने स्थानमा काकाको घरमा बस्ने गरेको प्रहरीको भनाइ छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, बसामाडीस्थित सडकमा बागमती प्रदेश ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मनहरी गाउँपालिका-३ बस्ने ३३ वर्षीय कृष्णहरि कार्कीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । 

बाँके, बैजनाथ गाउँपालिका-५ जिगाउँस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३४ वर्षीय नारायण रिजालको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर हुँदै नर्सिङ होम अस्पताल नेपालगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

मोरङ, बुढीगंगा गाउँपालिका-१ आरती स्टिलस्थित सडकमा बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना हुँदा कारमा सवार विराटनगर महानगरपालिका-३ बस्ने ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते उनको विराट अस्पताल विराटनगर हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य चार जनाको विराट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्