१३ असार २०८३, शनिबार

पानीसँगै नक्कली दाँत निलेपछि महिलाको मृत्यु

असार ३०, २०७८
पानीसँगै नक्कली दाँत निलेपछि महिलाको मृत्यु

भारतको चेन्नईमा एक अधबैंसे महिलाको पानी पिउने क्रममा आफ्नो नक्कली दाँत निलेपछि मृत्यु भएको छ । एस राजालक्ष्मी नामक ती महिलाले सात वर्षअघि अगाडिका तीनवटा दाँत पोरुरस्थित एक अस्पतालमा हालेकी थिइन् । जुलाई ४ मा उनले एउटा दाँत निलेपछि उनलाई चक्कर आयो र वाकवाकी लाग्न थाल्यो । उनलाई निजी अस्पताल लगियो । 

उनको स्वास्थ्य जाँच गर्दा चिकित्सकहरूले खासै केही भेटेनन् र घर जान भने । तर भोलिपल्ट उनी बेहोश भइन् र अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो । 

रोयला नगर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

प्रहरीले अटोप्सीका लागि मृत शरीरलाई प्रयोगशाला पठाएको छ । 

दन्तचिकित्सकहरूका अनुसार, नक्कली दाँत निलेर मृत्यु हुने घटना दुर्लभ हुन्छ किनकि त्यो खाद्यनलीमा जान्छ । तर यी महिलाको केसमा दाँत श्वासनलीमा पुगेर कोमल तन्तुहरूलाई च्यातिदिएको जस्तो देखिन्छ ।

त्यसपछि रगत बगेर उनले सास फेर्न नसकेको हुनुपर्छ । 

नक्कली दाँत हालेकाहरूले समयसमयमा दन्तचिकित्सकलाई देखाइरहनुपर्ने विज्ञहरू बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्