२० असार २०८३, शनिबार

यसरी बनाउनुस् स्वादिष्ट मकै समोसा

असार ३१, २०७८
यसरी बनाउनुस् स्वादिष्ट मकै समोसा

वर्षामा समोसा खान एकदमै मज्जा हुन्छ । चिया र समोसा यस समयको सबभन्दा गजबको खाजा हो । 

आज हामी तपाईंका लागि मकैको समोसा बनाउने रेसिपी लिएर आएका छौं । 

समोसाको किमाका लागि

उमालेको मकै एक कप

मोजारेला चीज एक कप (कोरेको)

हरियो खुर्सानी दुईवटा (मसिनो गरी काटेको)

नून स्वादअनुसार

हरियो धनियाँ एक ठूलो चम्चा (मसिनो गरी काटेको)

तेल तार्न चाहिने जति

समोसाका लागि

मैदा एक कप

नून एक सानो चम्चा

पानी आवश्यकता अनुसार 

घ्यू एक ठूलो चम्चा

विधि

एउटा बाउलमा मैदा, नून र घ्यू राखेर मोल्नुस् । 

त्यसमा पानी राखेर कमलो गरी पीठो मुछुनुस् । 

अर्को बाउलमा किमा बनाउने सामग्री राखेर मिसाउनुस् । 

पीठोका ससाना डल्ला बनाएर बेल्नुस्् ।

बेलेको रोटीलाई बीचबाट काट्नुस् । 

एकातिर कोनको आकृतिमा मोडेर छेउछेउमा पानी लगाएर टाँस्नुस् । 

अब त्यसमा आलुको किमा एक चम्चा राखेर खुला भागलाई पानीले टाँस्नुस् । 

त्यसैगरी अन्य समोसा पनि बनाउनुस् । 

प्यानमा तेल तताएर समोसा तार्नुस् । 

तारेको समोसालाई थालमा राखेर चटनीका साथ पस्किनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्