०३ असार २०८३, बुधबार

देवघाटमा बोलबम मेला नहुने

साउन ३, २०७८
देवघाटमा बोलबम मेला नहुने

हरेक वर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यस वर्ष नहुने भएको छ । 

कोभिड–१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको संगमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो । 

देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण मेला नगर्ने निर्णय भएको उनले बताए । 

समितिले आयोजकको रुपमा बोलबम मेला नगरे पनि स्वास्थ्य मापदण्डको पालना गरेर स्नान गर्न आउने भक्तजनलाई भौतिक दूरी कायम गर्दै स्नान गर्न भने दिन सकिने घिमिरेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्