१४ असार २०८३, आइतबार

एसईईको नतिजा प्रकाशित नभई ११ कक्षामा भर्ना नलिन आग्रह

साउन ४, २०७८
एसईईको नतिजा प्रकाशित नभई ११ कक्षामा भर्ना नलिन आग्रह

काठमाडौं महानगरपालिकाले एसईईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै ११ कक्षाको भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ ।  
 
महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसईईको परीक्षा नतिजा प्रकाशन नहुँदै ११ कक्षाको भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो ।   

शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, ‘११ कक्षामा भर्ना गर्दाको समयमा नै ११ र १२ कक्षामा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्टे«सन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोशाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनू ।’ 
 
११ र १२ कक्षामा विद्यार्थीलाई दिइने सेवा र उनीहरूबाट लिइने शुल्क के–कति हो, साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने र कलेजले तोकेबमोजिम छात्रावृत्ति अनिवार्यरुपमा प्रदान गराउने तथा उक्त सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिकसत्र शुरू भएको २ महिनाभित्र विभागमा बुझाउन भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्