०९ असार २०८३, मंगलबार

गर्मी बढेसँगै लमहीका विद्यालयमा चार दिन बिदा​

असार ८, २०८३
दाङ
गर्मी बढेसँगै लमहीका विद्यालयमा चार दिन बिदा​

​​लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरूमा असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको हो ।

हालको उच्च तापक्रम र बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

लमही नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वार्षिक बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

साथै सम्बन्धित सबै विद्यालयलाई सोही अनुसार जानकारी गराइएको सूचनामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्