३० जेठ २०८३, शनिबार

रिसालु बच्चामा यसरी गराउनुस् शान्त स्वभावको विकास

साउन ६, २०७८
रिसालु बच्चामा यसरी गराउनुस् शान्त स्वभावको विकास
प्रतिकात्मक तस्वीर

केही बच्चाहरू छिनछिनमा रिसाइरहने, झोक्किने र रोइरहने हुन्छन् । जसले गर्दा अभिभावक हैरान भइरहन्छन् ।

बच्चाले भावना र आक्रोशमाथि नियन्त्रण गर्न नसकेको अभिभावकले प्रस्टै देख्छन् । तर यस्तो बेला के गर्ने ? धेरै अभिभावकले समाधान पहिल्याउन सक्दैनन् ।

सामान्यतया बच्चा रिसाउनु, रुनु र आक्रोशित हुनुलाई स्वाभाविक नै मानिन्छ । पछि उमेर पढ्ने गएर बच्चाहरू समझदार बन्दै जान्छन् । बच्चाले धेरै अस्वाभाविक र आक्रामक व्यवहार देखाएमा भने अभिभावकले समाधानका केही उपाय गर्न सक्छन् ।

१. आक्रोश व्यवस्थापन शैली

धेरै आक्रोशित हुँदा हुने अप्ठ्यारा र त्यसलाई न्युनीकरण गर्ने विषयमा अभिभावकले बच्चासँगै नम्रताका साथ कुरा गर्न सक्छन् । रिस आउँदा त्यसलाई बिर्सिने र अरु मन पर्ने कुरा सम्झिनमा ध्यान दिने उपायबारे अभिभावकले बच्चालाई बताउन सक्छन् ।

(२) बच्चामाथि हात नउठाउने 
बच्चा रिसाएको, आक्रोशित भएको वा रोइरहेको बेला बच्चामाथि झन् अभिभावकले हात उठाउने र पिट्ने गर्नु हुँदैन । बच्चालाई पिट्दा आक्रोश झन् बढ्न सक्छ र तपाईंप्रति बच्चाको दृष्टिकोण नकारात्मक बन्नसक्छ ।

३. साझा नियम बनाउने 
बच्चाको आक्रोश नियन्त्रणका लागि परिवारमा सबैले साझा नियम बनाएर लागू गर्न सक्छन् । जस्तैः आक्रोशमा नआउने, कसैप्रति केही गुनासो भए छलफल गरेर समस्या समाधान गर्ने नियम बनाएर बच्चालाई शान्त राख्न सकिन्छ । यदि कसैले नियमको उल्लंघन गरेमा उसले मन नपराउने तरकारी (जस्तैः तितेकरेला) खानुपर्ने सजाय दिने गरेमा आक्रोश निरुत्साहित हुन्छ ।

४. बच्चाको प्रशंसा गर्ने
बच्चाले राम्रो काम गर्दा प्रशंसा गर्ने गरेमा पनि आक्रोश नियन्त्रण हुँदै जान्छ । बच्चालाई राम्रो काम गर्न प्रेरित गर्ने र त्यसपछि प्रशंसा गर्ने गरेमा बच्चाको बानीमा सुधार आउनसक्छ ।

५. छलफल गर्ने
घरपरिवारमा कुनै समस्या आएमा शान्त वातावरणमा छलफल गर्ने, तर्कवितर्क गर्ने र समाधानका उपाय खोज्ने गर्नुपर्छ । यसरी बच्चामा सोच्ने र समाधान खोज्ने बानीको विकास हुन्छ, आक्रोश निरुत्साहित हुँदै जान्छ । 

salt training

कमेन्ट गर्नुहोस्