
नेपाल राष्ट्र बैंकले रिक्त रहेको सहायक, प्रशासन र सहायक द्वितीयको प्रथम चरणको लिखित परीक्षा कार्यक्रमको मिति संशोधन गरेको छ ।
केन्द्रीय बैंकले विज्ञापन नम्बर १३/२०७७ को लागि माग गरिएको सो पदको लिखित परीक्षा आगामी भदौ १२ गते बिहान साढे ७ बजेबाट हुने बताएको छ ।
राष्ट्र बैंकले यस अघि सो परीक्षाको मिति आगामी भदौ ५ गते निर्धारण गरेको थियो । यद्यपि आइतवार त्यसलाई संशोधन गर्दै बैंकले नयाँ मिति तोकेको हो ।
राष्ट्र बैंकले खुला र समावेशी किसिमको दरखास्त आह्वान गरेकोमा उम्मेदवार संख्या १७ हजार ५ सय ८९ रहेको छ ।
परीक्षा केन्द्र भने लोकसेवा आयोगको काठमाडौं कार्यालयले निर्धारण गरेबमोजिम हुने बैंकले जनाएको छ ।
