२२ असार २०८३, सोमबार

जुलाईमा नेपाल भित्रिए ३ हजार विदेशी पर्यटक

साउन १९, २०७८
जुलाईमा नेपाल भित्रिए ३ हजार विदेशी पर्यटक
फाइल फोटो

सन् २०२१ को जुलाई महिनामा करीब ३ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।

पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रन थालेका हुन् । गत जुन महिनामा (निषेधाज्ञाको बीचमा) १ हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

विभागका अनुसार जुलाई महिनामा ९९ देशबाट १ हजार ९४० पुरुष, १ हजार ५० महिला र १ जना अन्य नागरिक नेपाल भित्रिएका छन् । सो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३ हजार १५७ विदेशी पर्यटक आ–आफ्नो देश फर्किएका छन् ।

पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ ।

पछिल्लो १ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक भित्रिएका छन् । सो अवधिमा नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी १ हजार १०५ जना नेपाल आएका हुन् ।

भारतपछि अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । दक्षिण एशियाली मुलुकमध्ये जुलाई महिनामा बंगलादेशबाट ४, भुटानबाट १४, पाकिस्तानबाट ५ र श्रीलंकाबाट ३ पर्यटक नेपाल आएका छन् । क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना पर्यटक नेपाल आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्