०७ साउन २०८३, बिहीबार

ट्रम्प नचिनेको मानिसको विवाहमा एक्कासी सहभागी भए र बेहुलीसँग नाचे

कात्तिक २०, २०७४
ट्रम्प नचिनेको मानिसको विवाहमा एक्कासी सहभागी भए र बेहुलीसँग नाचे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्राय यस्तो हर्कत गर्छन् जसका कारण मानिसहरु छक्क पर्छन् । यसपटक पनि यस्तै भएको छ । जब न्यूजर्सीमा भएको एक विवाह कार्यक्रममा डोनाल्ड ट्रम्प एक्कासी पुगे । उनलाई त्यो विवाहका लागि निमन्त्रण गरिएको थिए । तर उनी पुगेर बेहुला बेहुलीलाई बधाई दिन लागे ।

उनी अहिले न्यू जर्सीमा छन् । उनी एक कार्यक्रमका लागि जाँदै थिए । त्यसबेला उनले एक विवाह समारोह देखे र ट्रम्प त्यहाँ गए ।

अप्रत्याशित रुपमा अमेरिकाका प्रधानमन्त्री विवाह समारोहमा पुगेपछि सवै चकित भए । ट्रम्प दुलहीको नजिक गए र उनको नाम सोधे । त्यसपछि उनी केही समय त्यहि बसे ।

यस बीचमा डोनाल्ड ट्रम्प बेहुलीसँग नाचे र केही मानिससँग फोटो पनि खिचाए ।

ट्रम्पका केही यस्ता तस्वीर र भिडियो बेलाबेलामा भाइरल हुने गरेको छ । केही दिन अघि पनि ट्रम्पको हात उनकी पत्नी मेलानियाले झड्कालेको भिडियो भाइरल बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्