१२ साउन २०८३, मंगलबार

बिहे हुन सकेन ? यी उपाय अपनाउनुस् !

कात्तिक २०, २०७४
बिहे हुन सकेन ? यी उपाय अपनाउनुस् !

कसैकसैको जति उपाय गरेपनि बिहे हुन गाह्रो भइरहेको हुन्छ । के के नमिल्दा बिहे अड्किरहेको हुन्छ । यहाँ केही उपाय बताइएको छ जसलाई अपनाउँदा बिहे सुचारु हुन्छ ।


हरेक बुधवार गाईलाई हरियो चारा खुवाउनुस् । पन्ध्र दिनसम्म हरियो चारा हाल्दा खराब ग्रह पनि अनुकूल हुन थाल्छन् ।

बिहे नभएसम्म हरेक सोमवार एक पाउ पहेंलो दाल र सवा लिटर काँचो दूध दान गर्नुस् ।

विवाहको इच्छा भएका केटा वा केटीले ओच्छ्यानमुनि फलाम राख्नुहुँदैन ।

बिहेका लागि केटी हेर्न जाँदा दक्षिण दिशातर्फ मुख पारेर बस्नुपर्छ ।

बृहस्पतिको पूजा र व्रत गर्दा पनि बिहे हुन्छ ।

बिहीवार केराको बोटको पूजा गर्नुस् र केरा नखानुस् । केही हप्तामै बिहेको कुरा आउँछ ।

केटी हेर्न जाँदा केटाले रातो लुगा लगाउनुपर्छ । यसले सकारात्मकता उत्पन्न गर्छ ।

विवाहका सबै बाधा भगाउनका लागि पूर्णिमाको राति वरको रुखको १०८ परिक्रमा गर्नुस् ।

कमेन्ट गर्नुहोस्