माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
भदौ ३, २०७८
एमाले विभाजनको अघिल्लो रात अर्थात् मंगलवार साँझ आफूपक्षीय जनवर्गीय संगठनका नेता कार्यकर्तालाई भर्चुअल सम्बोधनका क्रममा माधव नेपाल भन्दै थिए– तीन महिनापछि पनि पार्टी एकता हुन सक्छ, चुनावअघि या पछि पनि हुन सक्छ ।
७२ घण्टाको बीचमा तीव्र रूपमा विकसित राजनीतिक घटनाक्रमले बुधवार संसद्को सबभन्दा ठूलो दल नेकपा एमालेलाई विभाजन गरायो । साउन ३२ गते पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन हठात अन्त्य गरियो ।
हतार यतिसम्म कि प्रतिनिधि सभा बैठकको शुरूमा सभामुख अग्नि सापकोटाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारबारे अर्को बैठकमा जानकारी गराउन रुलिङ गरे अनि अन्तिममा अधिवेशन नै अन्त्य भयो ।
चर्को विरोधका बीच भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यादेश मन्त्रिपरिषद् बाट पारित भएर भदौ २ मा राष्ट्रपतिबाट प्रमाणीकरण भयो । सोही दिन नेकपा एमाले औपचारिक विभाजनमा गयो । अर्थात्, माधव नेपालले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिए– नेकपा एमाले (समाजवादी)को नाममा ।
आफैँले स्थापित गरेका दोस्रो तहका नेता अर्थात आफ्ना सबै पिल्लरलाई छाडेर माधव नेपालले लगभग एक्लै पार्टी विभाजनको अप्रिय निर्णय लिए ।
९५ सदस्यीय केन्द्रीय समिति बनाइएकोमा प्रदीप नेपाल लगायतले भटाभट आफू विभाजित पार्टीमा नरहेको भन्दै माधव नेपालको पार्टीमा बस्न इन्कार गरे । शुरूमा वामदेव गौतम समेत आफूहरूसँग आउने दाबी गरिएपनि एमालेका प्रभावशाली नेता नेपालसँग आएनन् ।
विगतमा माधव नेपाल समूहमा लागेर संस्थापन पक्ष (केपी शर्मा ओली)को चर्को आलोचना गर्ने अष्टलक्ष्मी शाक्य पार्टी विभाजनकै दिन एमालेबाट मुख्यमन्त्री बनिन् । पार्टी जोगाउन १० बुँदे सहमति गरेका भीम रावललगायत कार्यदलका पाँच सदस्य त नआउने निश्चित जस्तै थियो, विगतमा सधैँ साथ दिएका उपाध्यक्ष युवराज ज्ञवाली र रघुजी पन्तले समेत नेपालको साथ छाडे ।
लगभग एक्लैजस्तो भएका माधव नेपालले किन पार्टी विभाजनका लागि जोखिम मोले ? विना सेनाको सेनापति बनेर माधव नेपालले कस्तो लडाईं लड्न खोजेका हुन् ? माधव नेपालमा शुभेच्छुकहरू यो प्रश्नको जवाफ खोजिरहेका छन् । अहिले बनाइएको केन्द्रीय कमिटीमा एकाधबाहेक अधिकांश नेताको पब्लिक फिगर छैन । ९५ जनाको हुलका अधिकांश परिचित अनुहार होइनन् । बरु प्रेम आले जस्ता आलोचित पात्र समेटिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘मन्त्रिपरिषद् विस्तारमा हामीलाई नकुर्नू’ भन्ने सूचना दिएका नेपाल पार्टी विभाजनकै बिन्दुमा पुग्लान् भन्नेमा धेरैलाई विश्वास थिएन । केवल केपी ओलीलाई थप झुकाउनका लागि नेपालले अडान लिइरहेका छन् भन्ने उनी निकटस्तहरूको विश्वास थियो ।
कमजोर सिपाहीको साथ लिएर युद्ध जित्न सकिँदैन भन्ने जान्दाजान्दै माधव नेपाल किन दल विभाजनमा होमिए ? एमालेप्रति आस्था र विश्वास राख्ने पंक्तिले यो जिज्ञासाको उत्तर फेला पारेको छैन ।
नेपालमा दल विभाजनको इतिहास राम्रो छैन । संस्थापन पक्षबाट अलग भएर हिँडेका बिरलै मात्र पार्टी सफल भएका छन् ।
दुई दशकअघि नेकपा एमालेबाट मालेको विभाजन, नेपाली कांग्रेसबाट कांग्रेस प्रजातान्त्रिकको विभाजन, माओवादीबाट मोहन वैद्य र बाबुराम भट्टराईको विभाजन तथा मधेशी जनअधिकार फोरमको विभाजनसम्म, यी सबै असफल उदाहरण र प्रयोग हुन् । ५० को दशकमा वामदेव गौतमको ऊर्जा र त्यो बेला मालेको हाँक पहिलो पार्टी बन्छु भन्ने थियो । तर चुनावमा लज्जास्पद् पराजय व्यहोरेपछि गौतमलगायतको ठूलो हिस्सा एमालेमै मिसिन आयो ।
हुन त मंगलवार जनवर्गीय संगठनलाई सम्बोधनका क्रममा नेता नेपालले बेलाबखत विभाजनले नै कम्युनिष्ट आन्दोलनलाई जोगाउने गरेको उदाहरण पेश गरेर विभाजनको औचित्य पुष्टि गर्न खोजे ।
यसक्रममा नेपालले ओलीका कारण नेपालमा राजतन्त्र पुनःस्थापनाको खतरा रहेको भन्नेसम्मको संघीन आरोप लगाए । उनले केशरजंग रायमाझीबाट पुष्पलाल छुट्टिएको, पछि प्रचण्डहरू छुट्टिएको उदाहरण दिएर विभाजनको औचित्य पुष्टि गर्न कोशिश गरे । भलै नेपालले पार्टी विभाजनलाई पुनर्गठन भन्ने गरेका छन् ।
नयाँ दल दर्ताको निवेदन दिएपछि बुधवार जारी गरेको अपिलमा नेता नेपालले समाजवादी केन्द्र बनाउने र वामपन्थी सोच राख्नेको वृहत मोर्चा बनाउने बताएका छन् ।
प्रचण्ड, उपेन्द्रसँगको सहकार्यको वाचा
लामो समय आफैँले नेतृत्व गरेको पार्टी विभाजनको अप्रिय निर्णयमा हस्ताक्षर गर्न माधव नेपाललाई सकस परेको सहजै अनुमान गर्न सकिन्थ्यो । सोमवारदेखि नै उनमा अलिकति बेचैनी र छट्पटी देखिन्थ्यो । निर्वाचन आयोगमा रामकुमारी झाँक्रीले डोहोर्याएर लैजाँदै गर्दा समेत माधव नेपालमा उत्साह थिएन ।
नेपाललाई नजिकबाट चिन्ने नेताहरूका अनुसार नेता नेपालले दल विभाजन गर्नुको मुख्य कारण केपी ओलीसँगको व्यक्तिगत इगो र टकराव नै हो । पार्टी एकताका लागि दबाब दिन गएका प्रायः सबै नेतालाई माधव नेपालको एउटै जवाफ हुन्थ्यो– ओलीलाई अध्यक्ष मानेर म एमालेमा फर्किन्नँ !
ओलीसँग मिल्न नसक्ने र ओलीले आफूलाई नछाड्ने देखेपछि माधव नेपाल विकल्पको खोजीमा थिए । पुस ५ को पहिलो प्रतिनिधि सभा विघटनदेखि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरसम्म संगै रहेका पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवले नेपालसँग सहकार्यको वाचा गरेको ती नेता सम्वद्ध सूत्रहरू बताउछन् ।
प्रचण्ड र उपेन्द्रसँगको सहकार्यबारे नेता नेपाल धेरै पर पुगिसकेका थिए । यतिसम्म कि ओलीलाई फाल्न संसद्मा एमालेको बहुमत पुग्न नदिन एमालेका सांसदको सामूहिक राजीनामासम्मको कुरा आयो ।
चुनावमा सहकार्य र पछि पार्टी एकताको रोडम्यापमा तीन नेताबीच लामो समयदेखि सहमति जुटेको दोस्रो तहका नेताहरू बताउँछन् । डेढवर्ष पछि हुने चुनावमा तालमेल र चुनावपछि पार्टी एकता गर्ने रोडम्यापमा नेपालले यो जोखिम उठाएकोमा धेरै हदसम्म विश्वास गर्न सकिन्छ ।
उपेन्द्रको पार्टीको नाम अहिले समाजवादी छ, माधव नेपालले पनि पछाडि समाजवादी राखेका छन् र माओवादीले पनि आसन्न महाधिवेशनबाट ‘माओवादी’ झिकेर समाजवादी पुच्छर जोड्ने तयारी गरेको बताइन्छ । अहिले रहेका कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट सिद्धान्तबाट च्युत हुँदै गएकाले समाजवादी पार्टी बनाउने यी तीन नेताको समझदारी हो ।
‘आफ्नो पक्षका सबैले छाड्दा पनि एक्लै हिँड्न खोज्नुमा उहाँको विवशता देखिन्छ, कसैलाई वाचा दिएको र त्यो पूरा गर्नका लागि एमालेको आधा हिस्साको नेतृत्व गरेका नेपालले यो जोखिम मोलेको जस्तो देखियो,’ माधव नेपाल समूहमा खुलेर अन्तिममा साथ छाडेका एक केन्द्रीय सदस्यले भने ।
घनश्याम भुसाल लगायतका नेताहरूले बुधवार दिउँसोसम्म पनि विभाजनमा जान नदिन प्रयास गरिरहेका थिए ।
एमाले विभाजित बनेर बन्न लागेको माधव नेपालको पार्टीले आगामी चुनाव जित्नेमा स्वयं सो पार्टीका नेताहरू नै आशावादी छैनन् ।
उनीहरूका कुरा सुन्दा प्रस्ट बुझ्न सकिन्छ, चुनावमा जित्नेभन्दा पनि ओलीलाई हराउने र ओलीको भावी सत्ता यात्रा रोक्ने प्रयास हुनेछ ।
एमाले विभाजनको विजारोपण भएको अर्याल होटल परिसरमा दोस्रो तहका नेता कार्यकर्ताबीच यस्तै ठट्टा मजाक हुने गरेको छ ।
पार्टी फुटेर के उपलब्धि हासिल हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा नयाँ पार्टी गठनमा सक्रियता जनाएका एक नेताले भने– खरानी घस्ने ! खरानी घस्नुको अर्थ जोगी बन्नु । अर्थात्, पराजित हुनु ।
एमाले विभाजनको असर तलसम्म कसरी पुग्छ र चुनावसम्म यसले समीकरणमा कति प्रभाव पार्छ अहिले नै पूर्वअनुमान गर्न कठीन छ । जिल्ला र पालिका तहसम्म नेता नेपालको उपस्थिति रहेकाले एमाले विवादको प्रस्ट असर आगामी चुनावमा देखिने पक्का छ । एमालेको विभाजनले उसको आन्तरिक जीवन मात्र नभई राष्टिय राजनीति र राजनीतिक अस्थिरताको कारण बन्ने निश्चित छ ।
उमेरले ७ दशक पुग्नै लाग्दा अर्थात सक्रिय जीवनबाट अवकाश पाउने उमेरमा नेपालले नयाँ दल खोलेर फेरि पार्टी निर्माण गर्ने चुनौतीको भारी बोक्ने रहर गरेका छन् । सक्रिय जीवनको उत्तरार्द्धतिर दल खोल्ने निर्णय गरेका माधव नेपाललाई उनका समर्थकले मलेसियामा महाथिर मोहम्मदले आफैँले बनाएको दल विभाजन गरेर दुई वर्षमा सत्तामा गएको कुरासँग तुलना गरिरहेका छन् ।
२०४६ सालको जनआन्दोलन र २०६२/०६३ सालको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता नेपालले कम्युनिस्ट पार्टीको सदस्य भएर पनि एकजना लोकतन्त्रवादी नेताको छवि बनाएका थिए । प्रतिनिधि सभा पुनःस्थापनाका लागि खेलेको उनको भूमिकालाई लिएर एउटा कोणबाट प्रशंशा पनि भइरहेको छ, भलै आफ्नै पार्टीको सरकार ढालेर विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन फ्लोर क्रस गरेको आरोप उनको टाउकोमा छ ।
तीन वर्षअघि देशमा धेरै कम्युनिस्ट पार्टी आवश्यक नहुने र एउटै कम्युनिस्ट पार्टी बनाउने भनेर एमाले र माओवादी एकीकरण गरेर नेकपा बनाउँदा ताली पिटेका माधव नेपालले नयाँ पार्टी खोलेका छन् । मोडिएको माधव नेपालको यात्राले उनलाई महाथिर बनाउला या सीपी मैनाली, त्यो भने भविष्यले नै बताउला ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...