बैशाख २७, २०७९
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...
काठमाडाैं | भदौ ३, २०७८
एमालेको नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका युवराज ज्ञवालीपार्टी विवादका हरेक मोडमा नेता नेपालसँगै रहे ।
एमालेभित्र देखिएको विवादका विषयमा पनि नेपालसँग उनको धारणा समान थियो । केपी ओलीले पार्टीलाई विधि, पद्धतिमा नचलाएको र अहंकार देखाएको भन्दै उनीहरू निरन्तर विरोधमा रहे ।
आन्तरिक विवाद उत्कर्षमा पुग्दा माधव नेपालले एमालेबाट छुट्टिएर एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए । पार्टी फुट्ने बेलामा भने ज्ञवालीसहित नेपाल समूहका केही प्रभावशाली नेताले साथ दिएनन् ।
अहिले उनी १० बुँदे सहमतिका आधारमा एमालेको विवाद मिलाएर पार्टी एकता गर्नुपर्ने पक्षमा छन् ।
अन्तिम समयमा आएर नेता नेपालको साथ छाडेका ज्ञवालीसँग लोकान्तरका लागि उद्धव थापाले गरेको कुराकानीको सम्पादित अंशः
एमाले विभाजन भयो र एमाले (समाजवादी) बन्यो । लामो समयसम्म माधव नेपालसँगै रहनुभएको तपाईंले अन्तिम समयमा साथ दिनुभएन । मूल पार्टीमा पनि तपाईंहरू फर्किनुभएको छैन, अब के गर्नुहुन्छ ?
केपी ओलीले गल्ती गर्नुभयो । गल्ती गरेबापत नै उहाँ प्रधानमन्त्रीबाट समेत हट्नुपर्यो । त्यसपछि पार्टी एकताको सन्दर्भमा कार्यदल बन्यो र १० बुँदे सहमति पनि भयो ।
त्यो १० बुँदे माधव नेपालसहित हाम्रो बीचमा छलफल भएर नै टुङ्गो लागेको हो । त्यो कार्यदलको मात्रै निष्कर्ष होइन ।
त्यसबेला माधव नेपाल–झलनाथ खनाल समूहको केन्द्रीय कमिटी, स्थायी कमिटी बैठकले पनि १० बुँदेलाई उपलब्धि भनेको छ । यो सर्वसम्मत निष्कर्ष हो ।
माधव नेपालको पनि निष्कर्ष हो । यो उपलब्धि हो भने त्यसैमा टेकेर पार्टी एकतातर्फ जानुपर्छ भनेर समान हैसियतको दुई अध्यक्ष हुन्छ भने मिलाऔं भनेर प्रयत्न भइरहेको हो ।
अन्तिममा आएर समान हैसियतको अध्यक्ष पाउने स्थिति रहेन तर पनि वार्ता चलिरहेको थियो । अन्तिम समयमा घनश्याम भुसालालाई पनि अध्यक्षसँग छलफल गर्न पठाउनुभएको थियो । समान हैसियतको अध्यक्ष पनि हुन्छ कि भन्ने सूचना पनि आइरहेको थियो । विवाद समाधान हुन्छ कि भन्ने आशा पनि थियो ।
तर, अध्यादेश आएको हुनाले केपी ओलीले तुरुन्त कारवाही गर्नुभयो । तुरुन्त अध्यादेश आउनु, केपी ओलीले कारवाही गर्नु र अर्को दिनचाहिँ माधव नेपालले त्यही कारवाहीलाई देखाएर एकताको ढोका बन्द भयो भनेर अर्को पार्टी खोल्नुभयो ।
यहाँ यस्तो संयोग मिलेको छ कि एमालेलाई जसरी पनि फुटाउनुपर्छ भन्ने ग्राण्ड डिजाइनअन्तर्गत यी कामहरू भइरहेका छन् ।
यसको मतलब एमाले विभाजन गर्न बाह्य शक्तिको भूमिका रह्यो भन्न खोज्नुभएको हो ?
एक दुई दिनमा यी सारा गतिविधि भइरहेको छ नि त । एकै दिनमा एक्सनको रियाक्सन फेरि एक्सन देखिएको हुँदा एमालेलाई जसरी पनि फुटाउने योजनाअनुसार काम भएको भन्न सकिन्छ ।
केपी ओलीले पार्टी विधि, पद्धतिमा चलाएनन्, हेपाहा प्रवृत्ति भयो, अहंकार देखियो भनेर संयुक्त रूपमा केपी ओलीको विरोध गर्नुभयो तर, माधव नेपालले नयाँ पार्टी बनाउने बेलामा त साथ दिनुभएन, किन यसरी धोका दिनुभएको ?
एकताका लागि वार्ता प्रक्रिया चलिरहेको थियो । १० बुँदे सहमति भएको थियो । केपी ओलीले सत्ता छाड्ने परिस्थिति आएकै हो । नयाँ परिस्थिति निर्माण भएकै हो ।
जुन बेला यी सबै कामहरू भएको थिएन, त्यसबेला त ढोका बन्द थियो । आयोजक कमिटी बनेको थियो । सबैलाई निकालिएको थियो । पदाधिकारीहरू निस्कासनमा परेका थिए । १० बुँदेपछि त नयाँ परिस्थिति बनेको हो नि ।
केपी ओली संस्थाबाट हट्नेसम्मको स्थिति आइसकेको हुँदा एकताको लागि वातावरण बनेको थियो ।
१० बुँदे सहमतिलाई एक महिना पुरै गिजोल्दा पनि तपाईंहरूले अपेक्षा गरेजस्तो निष्कर्ष आउन सकेन भनिन्छ नि ?
१० बुँदे सहमति पर्याप्त भएन भनेर समान हैसियतको अध्यक्षको कुरा एक महिनासम्म छलफल चलिरह्यो । टुंगो लागेन । छलफल चलिरहेकै छ, नआत्तिनुहोस् भनेका भनेका थियौं ।
स्थायी कमिटीको बैठक बसौं भनेर माधव कमरेडलाई भनेका थियौं । स्थायी कमिटीको बैठक नबसी उहाँ अचानक गएर केही साथीहरूसँग सल्लाह गरेर पार्टी दर्ता गर्न पुग्नुभयो । त्यसकारण, हामीले धोका दिएको होइन ।
एकताको प्रक्रिया चलिरहेको बेलामा त्यसलाई टुंगोमा नपुर्याई उहाँ अचानक जानुभयो । त्यो नगर्नुपर्ने कुरा थियो, तर दुःखद् कुरा भयो ।
माधव नेपालले सरकारलाई राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न लगाउनुभयो तर, त्यस विषयमा तपार्इंहरूलाई चाहिँ जानकारी नै गराउनुभएन भन्ने तपाईंहरूको गुनासो रहेछ, हैन ?
अध्यादेश सामान्य कुरा होइन । यो प्रतिगामी हो र खतरनाक हो । नेपालको राजनीतिलाई झनभन्दा झन अस्थिरतामा धकेल्ने प्रयास हो । अध्यादेश ल्याउनु असाध्यै ठूलो गल्ती हो । यो अध्यादेश फिर्ता हुनुपर्छ ।
अध्यादेश जारी गर्ने विषय हामीलाई थाहै छैन । उहाँले कहाँकहाँ सम्पर्क गर्नुभयो, कुराकानी गर्नुभयो, केही थाहा छैन । हामी एकताका लागि निरन्तर प्रयासमा थियौं ।
त्यही बेला अध्यादेश ल्याउन लगाएर एमाले पार्टी नै गठन गर्नुभयो । यता एमाले त छँदै थियो । एमाले नै गठन गर्नका लागि एमाले किन छाडेको ?
माधव नेपालसँग पनि नहुने, केपी ओलीसँग पनि मिल्न नसक्ने अवस्थामा तपाईंहरू हुनुहुन्छ । अब तपाईंहरूको राजनीतिक भूमिकाचाहिँ के हुन्छ ?
१० बुँदे सहमति पनि निरन्तर संघर्षको उपलब्धि हो । त्यसबेला हाम्रो (नेपाल–खनाल) समूहको केन्द्रीय कमिटीले अनुमोदन पनि गरेको छ । स्थायी कमिटीमा बारम्बार छलफल गरेर त्यसलाई उपलब्धि पनि भनेका छौं । उपलब्धि भनेको सकरात्मक कुरा हो । त्यही उपलब्धिमा टेकेर एकताको प्रयास गर्न सकिन्थ्यो नि ! विभाजनतिर जानुहुँदैनथ्यो । अब हामी १० बुँदे कार्यान्वयनमा लाग्छौं ।
१० बुँदे कार्यान्वयनका लागि एमालेको स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकमा सहभागी भएर छलफल गर्नुहुन्छ ?
१० बुँदेमा धेरै महत्त्वपूर्ण कुरा लेखिएको छ । यो सन्दर्भमा उहाँहरूसँग छलफल गर्छौं र कार्यान्वयन गर्ने गरी एकतामा जान्छौं ।
केपी ओलीले के कुरा मानिदिनुभयो भने एमालेको बैठकमा सहभागी हुने अवस्था रहन्छ त ?
मुख्य कुरा १० बुँदे हो । त्यसमा धेरै कुरा छन् । हामी त्यत्तिकै लुरूलरू जाने पक्षमा छैनौं र विभाजनलाई साथ दिने पक्षमा पनि छैनौं ।
तपाईंहरूले भनेको केपी ओलीले मान्नुहुन्न भन्ने त अहिलेसम्मको प्रयासमा देखियो । तपाईंहरू आफ्ना विषय छाड्दैनौं पनि भन्नुहुन्छ, अनि एकता त झन पेचिलो भएन र ?
दशकौंदेखि यो भन्दा पनि पेचिला विषयमा संघर्ष गर्दै आएका हौं । यस सन्दर्भमा हामीलाई प्रसस्त अनुभव छ । कुनै विषय एक क्षणका लागि पेचिलो हुनसक्छ । त्यसको समाधान गर्न सक्छौं । यसका लागि हामीसँग दृष्टिकोण छ, विचार छ, हिम्मत छ, साहस छ ।
त्यस्तो एकता एमाले (समाजवादी) सहितको हुन्छ कि माधव नेपालको साथ छाडेकाहरूको मात्रै हुन्छ ?
हामी व्यक्तिसँग मिल्न जाने होइन । हामीले बनाएको घर हो । हामीले निर्माण गरेको ठाउँ हो । कसैको घरमा जाने होइन । कसैसँग आत्मसमर्पण गर्ने पनि होइन । १० बुँदे सहमतिमा टेकेर त्यसलाई कार्यान्वयन गराउन जाने हो ।
कसरी कार्यान्वयन गर्न सकिन्छ, त्यसमा सल्लाह हुँदैछ । पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध अन्तरसंघर्ष गर्ने हो । अहिले उहाँहरू (माधव नेपाल) विभाजनमा जानुभएको छ । उहाँहरू तत्काल के गर्नुहुन्छ, भन्न सकिन्न ।
पहिला त हामी मूल पार्टीमा एकताबद्ध हुन्छौं, त्यसपछि माधव नेपाल सहित जो विभाजित भनिएको छ उहाँहरूलाई समेत एकताबद्ध पार्ने प्रयत्न गर्छौं । पहिला हामी एकताबद्ध हुन्छौं ।
तपाईंहरूको प्रयासले माधव नेपालहरूलाई मूल पार्टीमा फर्काउने सामर्थ्य राख्छ ?
हामी वामपन्थी कम्युनिस्टहरूको एकताको आन्दोलनमा निरन्तर संघर्ष गरेर आएका हौं । हामी जहिले पनि एकताको पक्षमा रहन्छौं । त्यहीँ प्रयास गर्छौं ।
तपाईंहरूलाई अहिले अप्ठ्यारो भएर मात्रै एमाले (समाजवादी)मा नजानुभएको हो, ढिलोचाँडो माधव नेपालसँगै जानुहुन्छ भन्ने उनीहरूको विश्वास छ, केही समयपछि एमाले (समाजवादी)मै जाने हो ?
व्यक्ति विशेषसँग मलाई केही मतलब छैन । नेता प्रधान होइन, नीति प्रधान हुनुपर्छ भन्ने कुरालाई मान्छु । व्यक्ति प्रधान होइन, पार्टी प्रधान हो भन्ने कुरा मान्छु । नेता ठीकसँग चलेपछि उसलाई नेता मान्न सकिन्छ ।
व्यक्ति ठूलो कुरा होइन । हामी आफैँमा पनि नेता हौं । हाम्रो पनि ५० वर्षभन्दा बढीको राजनीतिक अनुभव छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति अध्ययन गरेका छौं । सबै कुराको फेस गरेर यहाँसम्म आएका छौं ।
पार्टीलाई एकताबद्ध पार्ने नै मुख्य प्रयास हुन्छ । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध पार्ने काममा नै प्रयत्नशील रहन्छौं ।
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वा...
नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् । कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिल...
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा नेकपा एमालेबाट सागर थापा मेयर पदका उम्मेदवार छन् । कांग्रेसको परम्परागत गढ विराटनगरमा मेयर बन्छु भनेर प्रतिस्पर्धामा उत्रिएका थापा आफूलाई भुइँमान्छेका रूपमा चित्र...
२०७४ को स्थानीय तह चुनावमा खुलेर प्रचारसमेत गर्न नपाएको नेकपा एमालेले अहिले जनकपुर उपमहानगरपालिकामा सशक्त चुनावी प्रचार गरिरहेको छ । शहरदेखि गाउँसम्म एमालेको झण्डा र चुनाव चिह्न फहराइएका छन् । एमाल...
जनकपुरधाम उपमहानगरपालिकामा पाँच वर्ष मेयर रहेका लालकिशोर साह नयाँ कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रेका छन् । दल परिवर्तन गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका साहलाई जनकपुरधाम उपमहानगरपालिकामा गठ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...