
काठमाडौंमा हिमालयन आर्ट एक्जिभिसन हुने भएको छ । ३० अगस्टदेखि ५ सेम्टेम्बरसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा हुने भएको हो ।
प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन हुनेछ ।
कोरोना महामारीका कारण सीमित नेपाली कलाकारको कला मात्रै समावेश गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा कन्टेम्पोरेरी पेन्टिङ, पौभा, स्कल्प्चर्स, फोटोग्राफ्स, प्रिन्टमेकिङ र सेरामिकहरूको संग्रह राखिने छ ।