माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आज भाद्र कृष्ण अष्टमी । भगवान् श्रीकृष्णको जन्मतिथि । आजको मध्यरातमा श्रीकृष्ण वसुदेव र देवकीको सन्तानका रूपमा मथुरास्थित कंसको कारागारमा जन्मनुभएको थियो ।
श्रीकृष्णको जन्मको वर्णन श्रीमद्भागवत महापुराणको दशमस्कन्धको तृतीय अध्यायमा निकै सुन्दरताका साथ गरिएको छ । पुराण रचयिता वेदव्यासले समाधिभाषामा लेख्नुभएकाले श्रीकृष्णका लीलाहरूको वर्णनमा अनुपम माधुर्य पाइन्छ ।
जन्मलाई वर्णन गर्ने तृतीय अध्यायका शुरूका आठ श्लोकको यहाँ चर्चा गरिनेछ ।
अथ सर्वगुणोपेतः कालः परमशोभनः ।
यह्र्येवाजनजन्मक्र्षं शान्तक्र्षग्रहतारकम् ।।१।।
परम सुन्दर र सर्वगुणसम्पन्न समय आयो । रोहिणी नक्षत्रको उदय भयो । अश्विन्यादि सबै नक्षत्र, ग्रह र तारागण शान्त भए ।
दिशः प्रसेदुर्गगनं निर्मलोडुगणोदयम् ।
मही मङ्गलभूयिष्ठा पुरग्रामव्रजाकरा ।।२।।
सबै दिशाहरू निर्मल भए र आकाशमा कान्तियुक्त तारागण टल्कन लागे । नगर, गाउँ, गाईगोठ, रत्नादिका खानी सहित पृथ्वी मंगलमयी भइन् ।
नद्यः प्रसन्न सलिला हृदा जलरुहश्रियः ।
द्विजालिकुलसन्नादस्तवका वनराजयः ।।३।।
नदीहरूको जल निर्मल भयो । फक्रेका कमलहरूले सरोवरहरूको शोभा बढ्यो । वनजंगलमा चरा र भमराहरूको गुञ्जन सुनियो अनि फूलका गुच्छा फक्रिए ।
ववौ वायुः सुखस्पर्शः पुण्यगन्धवहः शुचिः ।
अग्नयश्च द्विजातीनां शान्तास्तत्र समिन्धतः ।।४।।
परमसुखदायक सुगन्धयुक्त स्वच्छ वायु बग्न लाग्यो र अग्निहोत्र गृहमा ब्राह्मणका सञ्चित होमानल शान्त भएर फेरि स्वयं प्रज्वलित भयो ।
मनांस्यासन्प्रसन्नानि साधूनामसुरद्रुहाम् ।
जयमानेऽजने तस्मिन्नेदुर्दुन्दुभयो दिवि ।।५।।
देवतागण र साधुजनको चित्त प्रसन्न भयो । अनि अजन्मा भगवानको आविर्भाव हुने बेलामा आकाशमा देवताका दुन्दुभी बाजा बज्न लागे ।
जगुः किन्नरगन्धर्वास्तुष्टुवुः सिद्धचारणाः ।
विद्याधर्यश्च ननृतुरप्सरोभिः समं तदा ।।६।।
किन्नर र गन्धर्वहरू गीत गाउन थाले । सिद्ध, चारण आदिले स्तुति गर्न थाले । अप्सरागण तथा विद्याधरहरू नाच्न लागे ।
मुमुचुर्मुनयो देवाः सुमनांसि मुदान्विताः ।
मन्दं मन्दं जलधरा जगर्जुरनुसागरम् ।।७।।
देवता र मुनिगण आनन्दले भरिपूर्ण भएर पुष्पवृष्टि गर्न थाले । समुद्र तथा मेघगण मन्द स्वरले गर्जन गर्न थाले ।
निशीथे तम उद्धूते जायमाने जनार्दने ।
देवक्यां देवरूपिण्यां विष्णुः सर्वगुहाशयः ।।८।।
जसरी पूर्व दिशामा चन्द्रमाको उदय हुन्छ, जनार्दन भगवानको अन्धकारमयी अर्धरात्रिमा प्रकट हुनुभयो । देवीरूपिणी देवकीको गर्भबाट अन्तर्यामी भगवान् विष्णु प्रकट हुनुभयो ।
यसरी श्रीकृष्णको जन्मको पृष्ठभूमिमा वेदव्यासले प्रकृतिले हर्षोल्लास गरेको वर्णन गर्नुभएको छ । युगपुरुष भगवान् श्रीकृष्णको जन्म भक्तहरूलाई आनन्द प्रदान गर्न तथा दुष्टहरूको विनाश गर्नका लागि भएकाले उहाँको स्वागतमा पृथ्वी तथा चराचर जगत् प्रफुल्लित भएको वर्णन गरिएको हो ।
दुष्टहरूको भारले गर्दा आक्रान्त भएकी पृथ्वीले भगवान् विष्णुलाई पुकारा गरेको अनि भगवानले अवतार लिएर दुष्ट दैत्यहरूको संहार गर्ने प्रतिज्ञा गरेको प्रसंग श्रीमद्भागवतमा त्यसअघि नै आउँछ । त्यो प्रतिज्ञा पूरा गर्ने हेतुले भगवान् श्रीकृष्ण प्रकट हुने निश्चित भएपछि पृथ्वी तथा प्रकृतिले आनन्द मनाएको वर्णन भागवतमा गरिएको हो ।
भागवतमै दैत्यहरूको जन्म हुँदा कर्कश ध्वनि सुनिएको, प्रकृति उदास जस्तो देखिएको वर्णन छ । अर्थात् खराब शक्ति पृथ्वीमा आउँदा प्रकृतिले नै त्यसलाई मन नपराएको वर्णन पाइन्छ ।
यसरी दैवी आनन्दको भावलाई वर्णन गर्नका लागि वेदव्यासले अपनाउनुभएको शैलीलाई पश्चिमी साहित्यमा अब्जेक्टिभ कोरिलेटिभ सिद्धान्त भनी चिनिन्छ । अमेरिकी चित्रकार तथा कवि वाशिङटन एलस्टोनले आरम्भमा उपयोग गरेको यो शब्दावलीलाई पछि महान् कवि टीएस इलियटले प्रख्यात बनाएका थिए ।
अब्जेक्टिभ कोरिलेटिभ भन्नाले प्रतीकहरूको माध्यमहरूले कुनै विशेष भावलाई जगाउने कलात्मक प्रविधि हो । श्रीकृष्णको जन्मप्रसंगमा प्रकृतिका विभिन्न घटकको सुखद क्रियाकलाप भक्तजनको हृदयमा छाएको आनन्दलाई प्रतीक बनाएर वर्णन गरिएका हुन् ।
पश्चिमी साहित्यमा मानिसको भावलाई प्राकृतिक घटनाको प्रतीकसँग जोडिएको उम्दा रचना नाइजेरियाली लेखक चिनुआ अकेबेको कथा म्यारिज इज ए प्राइभेट अफेयर हो । उक्त कथामा ओकेके नामक पात्रको छोरा नेमेकेले अर्कै जातीय समुदायकी महिला नेनेसँग प्रेमविवाह गरेपछि ओकेकेले उनीहरूलाई आफ्नो जीवनबाट बहिष्कार गर्छन् ।
पछि नेमेके र नेनेका सन्तानले हजुरबुवाको बारेमा सोध्न थालेपछि नेनेले ओकेकेलाई पत्र लेखेर नातिहरूलाई भेट्न अनुरोध गर्छिन् । त्यसपछि ओकेकेको हृदयमा तीव्र वेदना प्रकट हुन्छ र उनी भावविह्वल हुन्छन् । उनले पत्र पढ्दैगर्दा पानी पर्न थाल्छ अनि चट्याङ पनि पर्छ । यसरी ओकेकेको व्यथालाई वर्षाले अभिव्यक्त गर्नु अब्जेक्टिभ कोरिलेटिभको अनुपम उदाहरण हो ।
सनातन धर्मको पवित्र ग्रन्थ श्रीमद्भागवतमा आउने श्रीकृष्णको जन्मप्रसंग साहित्यको उच्चतम अभिव्यक्ति हो । देवर्षि नारदको प्रेरणाले श्रीकृष्णचिन्तन गरी समाधि अवस्थाको आनन्दातिरेकमा वेदव्यासले रचना गरेको श्रीमद्भागवतमा यस्ता सुन्दर तथा सुललित प्रसंगहरू धेरै ठाउँमा भेटिन्छन् ।
श्रीकृष्णको प्राकट्य लीलाको स्मरण गर्ने आजको पवित्र दिनमा कृष्णजन्मप्रसंगको चर्चा गरेर श्रीमद्भागवतको रसास्वादनका लागि प्रेरित गर्ने पंक्तिकारको प्रयास हो ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...