
मुस्ताङ लोमान्थाङबाट सम्पर्कविहीन भएका दुई बालक सकुशल भेटिएका छन् ।
उनीहरूलाई आज बिहान फेला पारी स्थानीय जनप्रतिनिधिको रोहबरमा विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू यही असार २५ गते साँझ ६ बजेदेखि मुस्ताङको लोमान्थाङ गाउँपालिका- ५ स्थित मोन्छयो ड्रग्कार थेग्छेन लिङ (गुम्बा)को प्राङ्गणमा रहेको महाकरुणा शाक्यप निमावि (विद्यालय) को होस्टेलबाट हराएका थिए ।
उनीहरू कक्षा १ र यूकेजीमा अध्ययनरत रहेका थिए ।