१४ असार २०८३, आइतबार

पत्नीले हैरान गरेपछि जेलमा बस्न मन लागेर यी व्यक्तिले जलाए प्रहरी चौकी

भदौ १४, २०७८
पत्नीले हैरान गरेपछि जेलमा बस्न मन लागेर यी व्यक्तिले जलाए प्रहरी चौकी

भारतको राजकोटमा २३ वर्षीय एक पुरुषलाई पत्नीले ससाना कुरामा किचकिच गरेर दिक्क लगाएपछि उनले अनौठो काम गरेका छन् ।

पत्नीबाट टाढा रहनका लागि उनी कारागारमा बस्न चाहन्थे । त्यसका लागि उनले जामनगरमा रहेको एक प्रहरी चौकीमा आइतवार अपराह्न आगो लगाउने प्रयास गरेका थिए । 

देवजी चावडा नामक ती व्यक्तिले चौकी जलाएपछि भाग्ने कोशिश नगरी त्यहीँ बसेका थिए । आफू पक्राउ पर्न चाहेको उनले बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

घटना बजरंग वादी प्रहरी चौकीमा अपराह्न ४ बजेतिर भएको हो । चावडा प्रहरी चौकीको ठ्याक्कै अगाडिको घरमा बस्छन् । 

उनी चौकीमा मट्टीतेल लिएर गएका थिए र आगो लगाएका थिए । केही व्यापारीहरूले चौकीमा आगो लागेको देखे अनि प्रहरीलाई खबर गरे । 

‘चौकी बन्द भएकाले कोही पनि घाइते भएन,’ प्रहरी निरीक्षक खुमानसिंह भालाले बताए । 

चावडा घटना भएपछि चौकीमै बसिरहे । प्रहरीले उनलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले पत्नीबाट हैरान भएको र जेल जान चाहेको बताए । कम्तीमा त्यहाँ खाना खान त पाइन्छ, उनले भने । 

प्रहरीका अनुसार, ती व्यक्ति दैनिक ज्यालादारी मजदूर हुन् । 

salt training

कमेन्ट गर्नुहोस्