३१ जेठ २०८३, आइतबार

सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु

सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु
सांकेतिक तस्वीर।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१०, रञ्जितपुरका पवन यादवको छोरा ९ वर्षीय अर्जुनकुमार यादवको मंगलवार राति करेन्ट लागेर मृत्यु भएको छ ।

गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नांगो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा  ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्