×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा नेकपा (एस) पहिलो बन्दा फाइदा त्रिलोचन सरकारलाई

भदौ २२, २०७८

NTC
Premier Steels

सुदूरपश्चिममा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पहिलो दल बनेको छ । यससँगै त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार अझ बलियो बन्दै गएको छ । 

Muktinath Bank

प्रदेश सरकारमै सहभागी नेकपा (एस) पहिलो दल बनेपछि प्रदेश सरकार सुरक्षित देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा सुदूरपश्चिममा हालसम्म १४ जना प्रदेश सभा सदस्यहरूले सनाखत गरेका छन्, जसबाट सबभन्दा ठूलो दल रहेको नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । अब नेकपा एमाले प्रदेश सभामा चौथो दलमा खुम्चिएको छ । 


Advertisment
Nabil box
Kumari

नेकपा एमालेका सभामुखबाहेक २४ मध्ये १४ जनाले एकीकृत समाजवादी रोजेपछि नेकपा एमाले ११ जना प्रदेश सभा सदस्यमा सीमित भएको हो । 

Vianet communication

अब ५२ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १० र जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका १–१ जना प्रदेश सभा सदस्य छन् ।

यसअघि जनता समाजवादी पार्टीमा रहेको भनिएका संसदीय दलका नेता कृष्णबहादुर चौधरीले पनि भदौ २१ गते महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेका छन् । योसँगै २ जना मात्रै प्रदेश सभा सदस्य रहेको जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरू दुईतिर लागेका हुन् । 

बलियो बन्यो त्रिलोचन सरकार

अन्य प्रदेश सरकारका नेतृत्वहरू परिवर्तन हुँदै आएको र परिवर्तनको संघारमा रहेको बेला नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार भने झन् बलियो बनेको छ । 

प्रदेश सभामा बलियो पकड बनाएका एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले प्रदेश सरकारलाई थप सशक्त बनाएर लैजाने बताए । सरकार परिवर्तन भन्दा पनि सुदृढ बनाएर लैजाने उनको भनाइ छ । 

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रमुख सचेतक अक्कल रावलले भने, ‘वाम गठबन्धनभित्रको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ठूलो दल भएसँगै प्रदेश सरकार र गठबन्धन थप सुदृढ भयो ।’

सरकार बाहिर रहेको नेपाली कांग्रेस पनि चाँडैमा आउने सम्भावना रहेको बताउँदै प्रमुख सचेतक रावलले केन्द्रको राजनीतिक गतिविधिले फरक पार्ने उल्लेख गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x