
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् ।
पार्टी विभाजनपछि एमालेमै रहेका मन्त्रीद्वयले मंगलवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका हुन् ।
एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहराज यसअघि माधव नेपाल पक्षमा थिए तर मन्त्रीद्वय शाह र गहतराजले एमालेमै रहने निर्णय गरेपछि पदबाट राजीनामा दिएका हुन् ।
सुदूरपश्चिममा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त सरकार बन्न पुगेको छ ।
नेकपा एमालेका सभामुखबाहेक २४ मध्ये १४ जना प्रदेशसभा सदस्यले समाजवादीको पक्षमा सनाखत गरेका छन् । जसबाट सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले प्रदेश सभामा चौथो दलमा झरेको हो ।
अब नेकपा एमालेमा ११ जना प्रदेशसभा सदस्य मात्रै रहेका छन् ।
अब ५२ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १० र जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका १/१ जना प्रदेशसभा सदस्य रहेका छन् ।