×

NMB BANK
NIC ASIA

दशैंविशेष चहलपहल– निजी क्षेत्रले ५५ हजार खसीबोका ल्याउने, सरकारी संस्थाले पनि थाल्यो तयारी

च्याङ्गा यसपटक कम आउने, मूल्य बढ्न सक्ने

भदौ ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

असोज महिनाको पूर्वसन्ध्यामा आइपुग्दा दशैं विषेश तयारीहरू शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्दैछ भने निजी क्षेत्रले पनि सोही अनुसारको तयारी शुरू गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीचमा सरकार तथा निजी व्यवसायीहरूले काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गरी खसीबोका तथा च्यांग्रा ल्याउने तयारी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

हरेक वर्षको दशैंमा काठमाडौं उपत्यकामा ५० हजार खसीबोका काटिने गरेको सरकारी तथ्यांक छ । 

Vianet communication
Laxmi Bank

दशैंमा विशेष गरी मासुजन्य खानेकुरा बढी रुचाइने हुँदा यसको माग पनि बढ्दै गएको पशु सेवा विभागले जनाएको छ ।

विभागका अनुसार वार्षिक रूपमा नेपालमा ३३ लाख खसीबोका काटिने गरेको छ ।

निजी क्षेत्रले झण्डै ५५ हजार खसीबोका ल्याउने 

काठमाडौं उपत्यकामा निजी तथा सरकारी संघ–संस्थाले दशैंका लागि खसीबोका बिक्री वितरण गर्दै आइरहेका छन् । 

निजी क्षेत्रबाट काठमाडौं चौपाया खरिदबिक्री प्रालिले यस वर्षको दशैंमा करीब ५५ हजार खसीबोका ल्याउने तयारी गरेको छ ।  

विगतका वर्षहरूमा पनि करीब ५५ हजार हाराहारीमा नै खसीबोका बिक्री भएको भन्दै प्रालिले यस पटक पनि सोही संख्यामा खसीबोका काठमाडौंमा ल्याउन लागेको हो । 

५५ हजारमध्ये करीब ३० हजार खसीबोका कलंकीस्थित खसीबजारबाट बिक्री हुनेछ । 

बाँकी बसेको २० देखि २५ हजार संख्याका खसीबोका काठमाडौंका अन्य बजार, ललितपुर र भक्तपुरबाट बिक्री वितरण हुने प्रालिका बजार व्यवस्थापक जीवन खतिवडाले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार यस पटक कम्पनीले घटस्थापनाको दिनदेखि खसीबोका बिक्री वितरण गर्नेछ । 

सरकारले ३ हजार खसीबोका तथा च्यांग्रा ल्याउने

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि ३ हजार खसीबोका तथा च्यांग्रा किन्ने तयारी गरेको छ । 

काठमाडौं उपत्यकाभित्रका ग्राहकहरूका लागि लक्षित गर्दै लिमिटेडले खसीबोका तथा च्यांग्रा किन्न लागेको हो । 

‘यस पटक हामीले १५ सय खसीबोका तथा १५ सय च्यांग्रा किन्ने योजना गरेका छौँ,’ लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपानेले लोकान्तरसँग भनिन् । 

अघिल्लो वर्ष खसीबोका मात्रै ल्याएको लिमिटेडले यस पटक च्यांग्रा पनि ल्याउन लागेको छ । 

लिमिटेडले विशेष गरी हेटौँडा र तुलसीपुरबाट खसीबोका ल्याउने गरेको छ । यस वर्ष पनि त्यहीँबाट खसीबोका ल्याउने तयारी गरेको सूचना अधिकारी न्यौपानेले बताइन् ।

यस वर्ष लिमिटेडले च्यांग्रा मुस्ताङबाट ल्याउने तयारी भइरहेको छ ।  गत वर्ष लिमिटेडले च्यांग्रा बिक्री वितरण गरेको थिएन । त्यसभन्दा अघिल्लो वर्ष भने मुस्ताङकै च्यांग्रा काठमाडौंमा बिक्री वितरण गरिएको थियो ।  

लिमिटेडले ल्याउने खसीबोका तथा च्यांग्रा सहुलियत मूल्यमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुनेछ ।

हरेक जिल्लामा प्राथमिक मूल्य निर्धारण समिति हुन्छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने सो समितिले आवश्यक मूल्य निर्धारण गर्नेछ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोही अनुसार खसी बोकाको मूल्य निर्धारण गर्नेछ । 

उपभोक्तालाई सहुलियत समेत दिएर मूल्य निर्धारण हुने सूचना अधिकारी न्यौपानेले बताइन् । अहिले विभिन्न जिल्लामा रहेका कार्यालयहरूले खसीबोका तथा च्यांग्राको बजारबारे अध्ययन गरिरहेको उनले सुनाइन्  ।  

यस वर्षको दशैँ असोज २१ गतेदेखि शुरू हुँदैछ । असोज २१ गते घटस्थापना, २६ गते फूलपाती र असोज २९ गते विजया दशमी रहेको छ  । 

लिमिटेडले फूलपातीको कम्तिमा २ दिन अगाडिदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्रा बिक्री वितरण गर्नेगरी तयारी गरिरहेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् । 

उनले भनिन्, ‘हामीले यस वर्ष पनि दशैँका लागि खसीबोका तथा च्यांग्रा काठमाडौं उपत्यकामा ल्याउँछौँ, फूलपातीको २ दिन अगाडिदेखि बिक्री वितरण शुरू गर्ने योजना छ ।’

बजारमा च्यांग्रा अभाव, मूल्य बढ्ने संकेत

गत वर्षको दशैंमा जस्तै यस वर्ष पनि बजारमा च्यांग्राको अभाव हुने संकेत देखिएको छ । 

चीनबाट नेपाल आउने च्यांग्राहरू समेत नाका बन्द भएका कारण ल्याउन नसकिने भन्दै निजी क्षेत्रका व्यापारीहरूले च्यांग्रा अभाव हुने बताउन थालेका छन् । 

काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक खतिवडाले यस पटक पनि नाका नखुलेको भन्दै च्यांग्रा कम मात्रै बजारमा आउने बताए । 

उनका अनुसार, यस पटक करीब २ हजारको हाराहारीमा मात्रै च्यांग्रा काठमाडौं आउनेछन्  । 

उनले भने, ‘एकातिर नाका बन्द छ भने अर्कातिर विकटसम्म पुग्ने बाटोहरू बाढी पहिरोले भत्काएको छ, त्यसकारण यसपटक च्यांग्राको अभाव हुने देखिएको छ ।’

बजार व्यवस्थापक खतिवडाका अनुसार यसपटक खसीबोकाको मूल्य भने त्यति वृद्धि हुने देखिँदैन । ‘गत वर्षकै मूल्यको हाराहारीमा हामीले खसीबोका बिक्री गर्छौँ,’ उनी भन्छन्, ‘यस वर्ष ६ सयदेखि ७ सय रुपैयाँ किलोको दरले खसीबोका बिक्री हुने अनुमान छ ।’

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने बजारमा खसीबोकाको माग र मूल्यलाई नियाल्दै हस्तक्षेपकारी भूमिका निभाउने तयारी गरेको छ । 

लिमिटेडकी सूचना अधिकारी न्यौपाने भन्छिन्, ‘हामीले बजारलाई हेरेर मूल्य निर्धारण गर्छौँ । बजारमा अस्वाभाविक हुन सक्ने मूल्यवृद्धिलाई हामीले हस्तक्षेप गर्ने हो, त्यसै गर्छौँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x