
प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्त्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
जितिया पर्वका अवसरमा बुधवार एक सन्देश दिँदै उनले तराई क्षेत्रमा मनाइने यस पर्व नेपालको एक विशिष्ठ पहिचान जनाउने पर्वको रूपमा स्थापित रहेको उल्लेख गरे ।
सन्देशमा भनिएको छ, ‘हाम्रा संस्कृति र संस्कारहरूका आ–आफ्नो विशिष्ठ पहिचानका विशेषताहरू छन् । त्यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको जितिया पर्व पनि एक हो । यस पर्वले समस्त आमा र सन्तानबीचको माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउनेमा म विश्वस्त छु ।’
प्रधानमन्त्री देउवाले संस्कार, संस्कृति, रीतिरिवाज एवं मूल्यमान्यताले जितिया पर्व लगायतका पर्वको विशिष्ठ महत्त्वलाई आत्मसाथ गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रतिवद्ध रहेको बताएका छन् ।
उनले जितिया पर्व मनाउने सबैलाई एकतावद्ध भई हर्सोल्लासपूर्वक मनाउन आग्रह समेत गरेका छन् ।