१५ असार २०८३, सोमबार

इक्वेडरको कारागारमा कैदीहरूबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

असोज १३, २०७८
इक्वेडरको कारागारमा कैदीहरूबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते
तस्वीरः unlvrebelyell बाट

इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरूबीच भएको झडपमा उनीहरू मारिएका हुन् ।

त्यसक्रममा अरू ४२ जना घाइते भएका छन् । 

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलवार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । 

यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरूबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ । रासस-सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्